ग्लोबो प्रेस्टिजियो अवार्डको लागि आफ्नो भाषण लेख्न एआई प्रयोग गरेको रोनाल्डोको स्वीकार

  • Technology Khabar | २३ आश्विन २०८२, बिहीबार
ग्लोबो प्रेस्टिजियो अवार्डको लागि आफ्नो भाषण लेख्न एआई प्रयोग गरेको रोनाल्डोको स्वीकार

काठमाडौं ।

हाम्रो दैनिक जीवनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग हालै तीव्र गतिमा बढेको छ।

तस्बिरहरू सिर्जना गर्नेदेखि इमेल लेख्न वा तिनीहरुसँग कुरा गर्ने जस्ता कार्यका लागि एआईले सबै पक्षमा ठूलो भूमिका खेलिरहेको छ।

यसै क्रममा अब विश्वका उत्कृष्ट फुटबल खेलाडीहरू मध्ये एकले यसलाई प्रयोग गर्दा यसको विश्वसनीयता थप बढेको उल्लेख गरिएको छ।

पोर्चुगिज क्रिस्टियानो रोनाल्डोले पोर्चुगल फुटबल ग्लोब्स समारोहमा दिइने विशेष सम्मान ग्लोबो प्रेस्टिजियो अवार्ड प्राप्त गर्नु अघि आफ्नो भाषण अनुसन्धान र लेख्न एआई प्रयोग गरेको खुलासा भएको छ। पोर्चुगल फुटबल ग्लोब्स समारोहमा प्रत्येक वर्ष उत्कृष्ट पोर्चुगिज फुटबलर, प्रशिक्षक र क्लबहरूलाई पुरस्कृत गरिन्छ।

“क्रिस्टियानो रोनाल्डोले प्रेस्टिज ग्लोब अवार्डमा आफ्नो भाषण तयार गर्न पप्र्लसिटी प्रयोग गरे” भन्दै रोनाल्डोको भाषणको क्लिप क्याप्शनको साथ पोस्ट गरिएको छ।

यसबाहेक, रोनाल्डो सुरुमा आफ्नो भाषण र तयारीको बारेमा धेरै नर्भस भएको भनि उनी आफैंले पनि खुलासा गरेको बताइएको छ।

यद्यपि, पप्र्लेक्सिटीले उनको स्वीकृति भाषण लेख्न र अनुसन्धान गर्न मद्दत गरेर उनको समस्या समाधान गरेको उल्लेख गरिएको छ।

“आज दिउँसो म टेबलमा बसेर यो भाषणमा के भन्ने भनेर सोच्दै थिएँ। मैले आफैलाई भनेः ’प्रेस्टिज ग्लोब अवार्ड के हो? के यो करियर अन्त्य गर्ने अवार्ड हो?” रोनाल्डोले भने।

“म अलि नर्भस भएँ र भनेँ, यो हुन सक्दैन। त्यसपछि मैले पप्र्लिक्सिटीमा केही अनुसन्धान गरें – यदि तपाईंलाई थाहा छैन भने, पछि हेर्नुहोस् – र यसले मलाई थोरै मद्दत गर्यो” उनले थप उल्लेख गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Tigg to Host ‘Tigg Conference 2026’ on Magh 18, Focusing on the Future of Accounting and Business

  • Technology Khabar
  • २३ आश्विन २०८२, बिहीबार