टेस्लाको ह्युमनोइड रोबोट अप्टिमसले गति र सन्तुलन देखाउँदै कुङ फू चालहरू प्रदर्शन गर्यो

  • Technology Khabar | २३ आश्विन २०८२, बिहीबार
टेस्लाको ह्युमनोइड रोबोट अप्टिमसले गति र सन्तुलन देखाउँदै कुङ फू चालहरू प्रदर्शन गर्यो

काठमाडौं ।

इलन मस्कले आफ्नो ह्युमनोइड रोबोट ‘अप्टिमस’ लाई मानव साथीसँग कुङ फू चालहरू प्रदर्शन गर्दै देखाएको नयाँ भिडियो जारी गरेका छन्।

कम्पनीको रोबोट प्रयोगशालामा रेकर्ड गरिएको केही सेकेन्डको क्लिपले ह्युमनोइड रोबोट ‘अप्टिमस’को लचकता र चालहरूको गतिमा उल्लेखनीय सुधार देखाउँछ।

अघिल्ला टाइम–ल्याप्स भिडियोहरू भन्दा फरक, हालको यो भिडियो क्लिप रियल–टाइमा छायांकन गरिएको जस्तो देखिएको रिपोर्ट गरिएको छ।

ओप्टिमसले आफ्नो राम्रो शरीर नियन्त्रण प्रदर्शन गर्दै सन्तुलन कायम राख्न र धक्का पछि रिकभरी गर्न सक्ने क्षमताको प्रदर्शन गरेको जनाइएको छ।

इलन मस्कले चालहरू आर्टिफिसियल इन्टेलिजेन्सद्वारा निर्देशित रहेको र टाढाबाट नियन्त्रित नभएको पुष्टि गरेका छन्।

यो भिडियोले स्वायत्त रूपमा प्रतिक्रिया दिने र कार्य गर्ने रोबोटहरू विकास गर्ने टेस्लाको प्रगतिलाई हाइलाइट गर्दछ भनि टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार