Technology Khabar २३ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
कैलाली जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रको काम पुनः सुरु गरेको छ। जेनजी आन्दोलनका
क्रममा प्रशासन कार्यालयसहित सामग्रीहरू जलाउनुका साथै तोडफोड गरिएपछि सो सेवा स्थगित गरिएको थियो।
प्रशासनले राष्ट्रिय परिचयपत्र विवरण दर्तासम्बन्धी सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाएपछि राष्ट्रिय परिचयपत्रको काम सुरु भएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनले नाम दर्ता गराउनेको बिहानैदेखि भिडभाड भइरहेको उल्लेख गरे।
यसअघि प्रशासनले आफ्नो पुरानो भवनबाट यो सेवा उपलब्ध गराउँदै आएको थियो। आन्दोलनका क्रममा पुरानो भवन ध्वस्त पारिएपछि त्यहाँ रहेको दुई लाख राष्ट्रिय परिचयपत्र पनि नष्ट भएको थियो।
आजको गोरखापत्रबाट
प्रकाशित: २३ आश्विन २०८२, बिहीबार