सामसङ ग्यालेक्सी एस२६ अल्ट्राको रङ्ग एप्पलबाट प्रेरित भएको हुन सक्ने

  • Technology Khabar | २३ आश्विन २०८२, बिहीबार
सामसङ ग्यालेक्सी एस२६ अल्ट्राको रङ्ग एप्पलबाट प्रेरित भएको हुन सक्ने

काठमाडौं ।

सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा आधिकारिक रूपमा अर्को वर्ष जनवरीमा प्रस्तुत हुने अपेक्षा गरिएको छ। साथै धेरै प्रकाशित रेन्डरहरू मार्फत स्मार्टफोन कस्तो देखिनेछ भनेर पहिले नै लीकहरुले राम्रोसँग खुलासा गरिसकेका छन्।

यसै क्रममा एस२६ अल्ट्राको अर्को नयाँ लीकले फ्ल्यागशिप मोडेललाई तीन फरक रङ्गहरूमा देखाएको उल्लेख गरिएको छ जसमध्ये एप्पल सम्भवतः ती मध्ये एकको लागि प्रेरणा भएको हुन सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

गत महिना प्रस्तुत गरिएको आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स कस्मिक ओरेञ्ज रङ्गमा उपलब्ध छन्।

सामसङको उत्पादन टोलीलाई उक्त रङ्ग धेरै ङ्गै मन परेको हुनाले अब उनीहरूले पनि एस२६ अल्ट्रालाई सोही रङ्गमा ल्याउने निर्णय गरेको टेलिग्राफले रिपोर्टमा थप उल्लेख गरेको छ।

यद्यपि, लीक भएको तस्बिरले सामसङ ग्यालेक्सी एस२६ अल्ट्रालाई सुन्तला रङ्गमा देखाएको भए तापनि सामसङले स्मार्टफोनलाई त्यही रङ्गमा लन्च गर्ने सम्भावना नभएको बताइएको छ।

योजनाहरू सधैं परिवर्तन हुन सक्छन्, त्यसैले आधिकारिक अनावरण नभएसम्म उत्पादनको बारेमा अन्तिम निर्णय सुरक्षित गर्नु उत्तम हुनेछ भन्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार