क्वालकमले अर्डुइनो खरिद गर्यो; अर्डुइनो युनो क्यू र अर्डुइनो एप ल्याबको अनावरण

Technology Khabar २३ आश्विन २०८२, बिहीबार

काठमाडौं ।

क्वालकमले अर्डुइनो खरिद गर्ने घोषणा गरेको छ। यो एक स्वतन्त्र ब्रान्ड रहने बताइएको छ जसले “बहु सेमिकण्डक्टर प्रदायकहरूबाट माइक्रोकन्ट्रोलर्स र माइक्रोप्रोसेसरहरूको ठूलो दायरा” लाई समर्थन गर्न जारी राख्ने क्वालकमले आफ्नो आधिकारिक प्रेस विज्ञप्तिमा बताएको छ।

यस अधिग्रहणको परिणामस्वरूप, अर्डुइनोका ३३ मिलियन सक्रिय प्रयोगकर्ताहरूले क्वालकमको “शक्तिशाली प्रविधि स्ट्याक र विश्वव्यापी पहुँच” मा पहुँच प्राप्त गर्नेछन्।

नयाँ अर्डुइनो युनो क्यू एक अर्को पुस्ताको एकल बोर्ड कम्प्युटर हो जसमा लिनक्स डेबियन सक्षम माइक्रोप्रोसेसर र रियल–टाइम माइक्रोकन्ट्रोलरको साथ “डुअल ब्रेन” आर्किटेक्चर रहेको छ। युनो क्यू पूर्ण लिनक्स वातावरण चलाउने क्वालकम ड्र्यागनविङ क्यूआरबी२२१० प्रोसेसरद्वारा संचालित छ र यो “परिष्कृत स्मार्ट होम समाधानदेखि औद्योगिक स्वचालन प्रणालीहरू सम्मका वातावरणमा प्रतिक्रिया दिने एआई–संचालित भिजन र साउण्ड समाधानहरू सक्षम गर्न मद्दत गर्ने” तवरले डिजाइन गरिएको क्वालकमले बताएको छ।

युनो क्यूले अर्डुइनो आईडीई र युनो इकोसिस्टमसँग अनुकूलता कायम राख्ने बताइएको छ। साथै यो अर्डुइनो एप ल्याबसँग काम गर्ने पहिलो अर्डुइनो बोर्ड पनि हो जसले “उत्पादनको लागि एआई–संचालित समाधानहरू द्रुत रूपमा विचार, प्रोटोटाइप र मापन गर्न” डिजाइन गरिएको खुला–स्रोत प्रणाली प्रदान गर्दछ, जसले रियल–टाइम ओएस, लिनक्स, पाइथन र एआई प्रवाहहरूमा अर्डुइनो विकास यात्रालाई एकीकृत गर्दछ।

त्यसैगरी एप ल्याब एज इम्पल्स प्लेटफर्मसँग पनि इन्टिग्रेट गरिएको छ जसले वस्तु/व्यक्ति पत्ता लगाउने, विसंगति पत्ता लगाउने, एविएण्ट साउण्ड पहिचान गर्ने, र किवर्ड स्पटिङको लागि “रियल–वर्ल्ड डाटा प्रयोग गरेर एआई मोडेलहरू निर्माण, फाइन–ट्यूनिङ र अङप्टमाइज गर्ने प्रक्रियालाई गति दिन” मद्दत गर्दछ भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया