Technology Khabar २२ आश्विन २०८२, बुधबार
काठमाडौं ।
निर्वाचन आयोगले आगामी मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत नाम दर्ता गर्न इच्छुक नागरिकहरूलाई अनलाइन फाराम भरेर बायोमेट्रिक प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।
आयोगले सार्वजनिक गरेको सूचनाअनुसार, इच्छुक व्यक्तिहरूले https://applyvr.election.gov.np/ मा गएर अनलाइन फाराम भरेपछि जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक विवरण दिन सक्नेछन्।
आयोगले आज एक सूचना जारी गरी यस्तो जानकारी गराएको हो।

काठमाडौँ उपत्यकाभित्रका नागरिकहरूले मिनभवनस्थित जिल्ला निर्वाचन कार्यालय, काठमाडौँ; जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर; र सलाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा गई फोटो खिचाउन र बायोमेट्रिक विवरण दिन सक्नेछन्।
निर्वाचन आयोगले सर्वसाधारणलाई समयमै अनलाइन दर्ता र बायोमेट्रिक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
प्रकाशित: २२ आश्विन २०८२, बुधबार