Technology Khabar २२ आश्विन २०८२, बुधबार
काठमाडौं ।
सामसङले आईएसओसेल एचपी५ भनिने नयाँ २०० मेगापिक्सेल स्मार्टफोन इमेज सेन्सर अनावरण गरेको छ जुन ०.५ माइक्रोमिटर आकारको पिक्सेल समावेश गर्ने विश्वको पहिलो भएको दाबी गरिएको छ।
सानो पिक्सेल साइज भए पनि एचपी५ ले लो–लाइट ( कम प्रकाश) भएको अवस्थामा र समग्रमा राम्रो फो क्वालिटी (छवि गुणस्तर) मा उज्यालो स्बिरहरू प्रदान गर्ने रिपोर्ट गरिएको छ। साथै सेन्सरको मापन १÷१.५६–इन्च साइज (आकार) को भएको उल्लेख गरिएको छ।
सामसङले प्रत्येक पिक्सेललाई थप प्रकाश र विवरण खिच्न अनुमति दिनको लागि फ्रन्ट डीप ट्रेन्च आइसोलेसन (एफडीटीआई) र डुअल भर्टिकल ट्रान्सफर गेट (डी–भीटीजी) जस्ता प्रविधिहरू प्रयोग गरेको उल्लेख गरेको छ। सानो पिक्सेलको बावजुद सेन्सरले उज्यालो र स्पष्ट तस्बिरहरू उत्पादन गर्न सुधारिएको डीटीआई सेन्टर कट (डीसीसी) प्रविधिको फाइदा उठाउने दाबी गरिएको छ।
सेन्सरले कन्भर्जन गेनमा १५० प्रतिशत वृद्धि प्रदान गर्ने र सुटिङ अवस्थाहरूमा निर्भर गर्दै ३ देखि ४० प्रतिशत सम्म र्याण्डम नोइज (आरएन) घटाउने कार्यमा सुधार गर्ने सामसङले दाबी गरेको छ। आईएसओसीईएलएल एचपी५ ले ३× टेलिफोटो लेन्सको साथ प्रयोग गर्दा २× इन–सेन्सर जुम र ६× सम्मको लसलेस जुम प्रदान गर्ने बताइएको छ।
यसले राम्रो एचडीआर पर्फर्मेन्सको लागि स्मार्ट आईएसओ प्रो र स्ट्यागर्ड एचडीआरलाई समर्थन गर्ने उल्लेख गरिएको छ। सेन्सरले १२० एफपीएसमा फोरके, ३० एफपीएसमा ८के र २४० एफपीएसमा १०८०पी भिडियोहरू खिच्न सक्ने जनाइएको छ। साथै यसले ८–बिट, १०–बिट, १२–बिट र १४–बिट आरएडब्लू ढाँचाहरूलाई पनि समर्थन गर्दछ।
नयाँ २००मेगापिक्सेल सेन्सर पहिले नै ठूलो उत्पादन चरणमा रहेको र भिभो वाई५०० प्रो जस्ता धेरै आगामी फोनहरूमा प्रयोग हुने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २२ आश्विन २०८२, बुधबार