नथिङ स्मार्टफोनहरूले अब बटन थिचेर कल रेकर्ड गर्ने

  • Technology Khabar | २२ आश्विन २०८२, बुधबार
नथिङ स्मार्टफोनहरूले अब बटन थिचेर कल रेकर्ड गर्ने

काठमाडौं ।

नथिङले एसेन्सियल स्पेसको लागि अपडेट रोल आउट गरेको छ जसले यसको आफ्नो स्मार्टफोनहरूमा अडियो कल रेकर्डिङ सुविधा ल्याएको छ।

यो अपडेटको साथ, नथिङ स्मार्टफोन प्रयोगकर्ताहरूले एसेन्सियल की लाई लामो समयसम्म थिचेर वा अडियो कलको समयमा देखा पर्ने नोटिफिकेसनमा “स्र्टाट रेकर्डिङ” विकल्पमा ट्याप गरेर कल रेकर्ड गर्न सक्षम हुनेछन्। कल समाप्त भएपछि रेकर्डिङ एसेन्सियल स्पेसमा भण्डारण गरिनेछ।

नथिङले रोलआउट स्वचालित भएको र “म्यानुअल अपडेट आवश्यक नपर्ने” भएकोले यो सम्भवतः सर्भर–साइड अपडेट भएको रिपोर्ट गरिएको छ।

यद्यपि, यो सुविधा नथिङ फोन (३), नथिङ फोन (३ए), र नथिङ फोन (३ए) प्रो गरी केवल तीनओटा नथिङ स्मार्टफोनहरूको लागि रोल आउट भइरहेको बताइएको छ। यसबाहेक, रोलआउट हाल भारत, जापान, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, बेलायत र दक्षिण कोरिया गरी आठ देशहरूमा सीमित रहेको जनाइएको छ। यो सुविधा चाँडै नै थप देशहरूमा उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २२ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार