सञ्चार मन्त्रालयका प्रवक्ता ठाकुर अर्थ मन्त्रालयमा सरुवा, उनको ठाउँमा ल्याइए छविन्द्र पराजुली

Technology Khabar २१ आश्विन २०८२, मंगलवार

काठमाडौं ।

नेपाल सरकारले २०७९ असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार विभिन्न मन्त्रालयका राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तहका अधिकारीहरूको सरुवा गरेको छ। उक्त निर्णय अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक जना सहसचिवको सरुवा र एक जनाको बदली गरिएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव गजेन्द्र कुमार ठाकुरलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। उनी यसअघि सञ्चार मन्त्रालयमा प्रशासनिक तथा प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए।

यसै निर्णयअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अन्तरगत सरुवा) का सहसचिव छविन्द्र पराजुलीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ल्याइएको छ। पराजुली यसअघि पनि प्रशासनिक सुधार तथा संघीय संरचना व्यवस्थापनमा सक्रिय सहसचिवको रूपमा परिचित रहेका थिए।

यस सरुवासँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रशासनिक संयोजनमा नयाँ व्यवस्थापन सुरु भएको छ। मन्त्रालयभित्र नीति निर्माण, सूचना प्रवाह तथा प्रविधि विकास सम्बन्धी कार्यहरूमा यो परिवर्तनले नयाँ गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।

ठाकुरको सरुवापछि प्रवक्ताको जिम्मेवारी नयाँ ल्याइएका पराजुलीलाई दिइन्छ वा मन्त्रालयकै अन्य कसैको काँधमा आउनेछ भन्ने तय भइसकेको छैन।

यस्तो छ सरुवा हुने सह सचिवहरुको सूची

प्रकाशित: २१ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया