स्पेसएक्सले फेरि अन्तरिक्षमा पठायो स्टारलिंक इन्टरनेट स्याटेलाइटहरूको अर्को समूह

  • Technology Khabar | २१ आश्विन २०८२, मंगलवार
स्पेसएक्सले फेरि अन्तरिक्षमा पठायो स्टारलिंक इन्टरनेट स्याटेलाइटहरूको अर्को समूह

काठमाडौं ।

स्पेसएक्सले आज बिहान (अक्टोबर ७) आफ्ना स्टारलिंक इन्टरनेट स्याटेलाइटहरूको अर्को समूह कक्षमा प्रक्षेपण गरेको छ। २८ वटा स्टारलिंक स्याटेलाइट लिएर उडेको फाल्कन ९ रकेट अमेरिकी राज्य फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट बिहान २:४६ बजे (०६:४६ जीएमटी) उडाइएको हो।

रकेटको पहिलो चरण योजना अनुसार करिब ८.५ मिनेटपछि पृथ्वीमा फर्किएको छ र एटलान्टिक महासागरमा रहेको स्पेसएक्सको ड्रोन जहाज “ए सर्टफल अफ ग्राभिटास” मा सुरक्षित अवतरण गरेको स्पेस डटकमले उल्लेख गरेको छ ।

यो विशेष बूस्टरको यो आठौँ प्रक्षेपण र अवतरण हो, जसलाई बी१०९० नाम दिइएको छ।

फाल्कन ९ को माथिल्लो चरणले स्टारलिंक स्याटेलाइटहरूलाई पृथ्वीको तल्लो कक्ष (एलईओ) तर्फ लैजाने काम जारी राखेको छ, जसलाई प्रक्षेपणपछि करिब ६४ मिनेटमा तैनाथ गर्ने योजना छ। आजको प्रक्षेपण यस वर्षको लागि फाल्कन ९ रकेटको १२६औँ उडान हो, र स्पेसएक्सको यो वर्षको कुल १३०औँ प्रक्षेपण बनेको छ।

यीमध्ये बाँकी चार उडान कम्पनीले मंगल ग्रहमा मानव बसोबासका लागि विकास गरिरहेको स्टारसिप मेगारकेटका उपकक्षीय परीक्षण उडानहरू हुन्। स्टारसिपको पाँचौँ परीक्षण उडान अक्टोबर १३ मा हुने तय गरिएको छ।

प्रकाशित: २१ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...