‘इभी माइक्रोबस’ दुर्घटनामा  १६ जना घाइते

Technology Khabar २१ आश्विन २०८२, मंगलवार

‘इभी माइक्रोबस’ दुर्घटनामा  १६ जना घाइते
सांकेतिक तस्बिर।बिङ्गमार्फत एआईको सहयोगमा तयार पारिएको।

काठमाडौं ।

मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको सो गाडी भित्रि बाटोबाट हाइवेतर्फ निस्कदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका हुन्।

घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय साम्भी पोलिक्लिनिक तथा सहकारी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए।-रासस 

प्रकाशित: २१ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया