भदौ मसान्तसम्म भित्रिए ७ करोड हाराहारीको ७ हजारभन्दा बढी माइक्रोवेभ ओभन

Technology Khabar २० आश्विन २०८२, सोमबार

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा ६ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरका माइक्रोवेभ ओभन आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ९ देशहरुबाट उक्त मूल्य बराबरका ७ हजार ७९ थान यस्ता माइक्रोवेभ ओभन आयात गरेको हो।

यी परिमाणमा माइक्रोवेभ ओभन आयातवापत् सरकारले १ करोड ६१ लाख ४९ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी नेपाल भित्रिएका ओभनमध्ये सबैभन्दा धेरै चीनबाट २ करोड ४९ लाख २४ हजार बराबरको ३ हजार १८८ थान तथा भारतबाट ३ करोड ४ लाख ५३ हजार बराबरको २ हजार ८२५ थान आएको छ।

यसैगरी मलेसियाबाट १ करोड ४१ लाख ३७ हजार बराबरको १ हजार २० थान, कतारबाट २७ लाख १४ हजार बराबरको १२३ थान, यूएईबाट ९३ हजार बराबरको २४ थान, साउदी अरेबियाबाट २ हजार बराबरको १ थान र कुवेतबाट १२ हजार बराबरको ५ थान आयात भएको छ।

सिंगापुरबाट २ हजार बराबरको १ तथा जापानबाट २७ हजार बराबरको १ थान थान माइक्रोवेभ ओभन आएको तथ्याङ्कले देखाएको छ।

यस्तो छ आयातको विवरण

क्र. स.देशपरिमाणरकम
चीन३१८८२४९२४
भारत२८२५३०४५३
जापान२७
कुवेत१२
मलेसिया१०२०१४१३७
कतार१४२७
साउदी अरेबिया
सिङ्गापुर
यूएई२४९३

प्रकाशित: २० आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया