भोल्भोले डेलिभर गर्यो आफ्नो ‘दश लाख औं’ प्लगइन हाईब्रिड ईभी कार

Technology Khabar १९ आश्विन २०८२, आईतवार

काठमाडौं ।

सन् २०२५ को पहिलो पूवार्द्धमा भोल्भोका प्लग-इन हाइब्रिड (पीएचईभी) मोडेलहरूले कम्पनीको विश्वव्यापी बिक्रीको २३ प्रतिशत हिस्सा ओगटेका छन्। सन् २०१९ मा करिब ४६ हजार युनिट बिक्री भएको यो संख्या २०२४ मा बढेर १ लाख ७७ हजारभन्दा बढी पुगेको छ। यो माग मुख्यतः एक्ससी६० र एक्ससी९० पीएचईभी मोडेलहरूले बढाएका हुन्।

टेलिग्राफका अनुसार एक्ससी६० सन् २०२४ मा युरोपको सबैभन्दा बढी बिक्री भएको पीएचईभी मोडेल बनेको थियो र गत तीन वर्षदेखि विश्वव्यापी रूपमा प्रिमियम पीएचईभी सेग्मेन्टमा अग्रणी रहँदै आएको छ। दुवै मोडेल, एक्ससी६० र एक्ससी९०, गत वर्ष अद्यावधिक गरिएका थिए जसले स्विडेन, अमेरिका र चीनजस्ता प्रमुख बजारहरूमा तिनको आकर्षण अझ बढाएको छ।

“भोल्भो कार्स पूर्ण रूपमा विद्युतीय भविष्यतर्फ प्रतिबद्ध छ, र हामी ग्राहकहरूको सुविधाअनुसार त्यस दिशातर्फ अघि बढ्दैछौं,” भोल्भो कार्सका मुख्य वाणिज्यिक अधिकारी एरिक सेभेरिन्सनले भने।

आन्तरिक तथ्यांक अनुसार, पीएचईभी सवारीसाधनहरू प्रायः पूर्ण रूपमा विद्युतीय रूपमा नै प्रयोग गरिन्छन्, विशेष गरी सहर क्षेत्रहरूमा। औसत रूपमा, भोल्भो पीएचईभी चालकहरूले कुल ड्राइभिङ समयको करिब आधा समय आन्तरिक दहन अर्थात् आईसी इन्जिन नचलाइकनै प्रयोग गर्छन्।

हाल कम्पनीले पाँच विभिन्न मोडेलमा पीएचईभी संस्करणहरू उपलब्ध गराएको छ, जसले यसको ६ वटा पूर्ण रूपमा विद्युतीय मोडेलहरूको श्रृंखलालाई परिपूरक बनाएको छ।

प्रकाशित: १९ आश्विन २०८२, आईतवार

तपाइको प्रतिक्रिया