जब सामसङको ग्यालेक्सी रिङ प्रयोगकर्ताको औंलामै अड्कियो…

Technology Khabar १९ आश्विन २०८२, आईतवार

काठमाडौं ।

सामसङको ग्यालेक्सी रिङ स्वास्थ्य ट्र्याकरका रूपमा प्रयोग गर्न बनाइएको उपकरण हो, तर यसका एक प्रयोगकर्तालाई यसान भएको खराबीका कारण अस्पताल पुग्नुपर्‍यो र उनले उडान पनि छुटाए। एउटन फुलेको ब्याट्रीका कारण ग्यालेक्सी रिङ आफ्नो मालिकको औंलामा अड्किएको थियो।

टेलिग्राफका अनुसार उडान हुने केही समयअघि आफूले औंलामा लगाएको रिङ फुल्न थालेको ती ड्यानियल रोतार नामक प्रयोगकर्ताले भनेका छन्। उनले रिङको बिग्रिएको अवस्थाका तस्बिरहरू सार्वजनिक गर्दै यसलाई हटाउन नसकेको र दुखाइ भइरहेको बताएका छन्।

रोतारले साबुन र पानीको सहायताले रिङ निकाल्ने प्रयास गरे, तर त्यसले ब्याट्री अझ बढी फुल्यो।

केही घण्टापछि रोतारले विमानमा चढ्न अनुमति नपाएको र अस्पताल लैजाने स्थिति आएको बताएका छन्। त्यहाँ चिकित्सकहरूले उनको औंलाको सुन्निने प्रक्रिया घटाउन बरफ र चिकित्सकीय लेप प्रयोग गरे।

उनको औंलामा फसेको रिङका तस्बिरहरूमा भित्री भाग स्पष्ट रूपमा क्षतिग्रस्त देखिन्छ। यो घटनापछि रोतारले अब कहिल्यै स्मार्ट रिङ नलगाउने घोषणा गरेका छन्। कहिलेकाहीं ब्याट्री फुल्ने समस्या हुने गर्दछ र यसबारे सामसङ जानकार रहेको जनाइएको छ।

प्रकाशित: १९ आश्विन २०८२, आईतवार

तपाइको प्रतिक्रिया