लगातारको वर्षाका बिच आगामी तीन दिन दूरसञ्चार नेटवर्क अवरुद्ध हुन नदिने प्रयास गरिने

  • Technology Khabar | १८ आश्विन २०८२, शनिबार
लगातारको वर्षाका बिच आगामी तीन दिन दूरसञ्चार नेटवर्क अवरुद्ध हुन नदिने प्रयास गरिने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

दूरसञ्चार क्षेत्रसँग सम्बन्धित विपद र आपतकालिन सञ्चार व्यवस्थाको पूर्व तयारीको लागि आज दिउँसो आकस्मिक दूरसञ्चार क्लस्टर (इमर्जेन्सी टेलिकम्युनिकेसन क्लस्टर) को बैठक सम्पन्न भएको छ।

उक्त बैठकले अहिलेको अविरल वर्षाको कारण देखिन सक्ने जोखिम र दूर्घटना न्यूनिकरण गर्न र पूर्व तयारी तथा सहकार्य गर्नेगरी निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलसहित सञ्चार मन्त्रालयका, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, एनसेल, इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) सहितका उच्च अधिकारीहरु तथा प्रतिनिधिहरु सहभागी रहेका थिए।

उक्त बैठकले आगामी ३ दिनसम्म दूरसञ्चार सेवाका नेटवर्कहरु अवरुद्ध हुन नदिने, अत्यावश्यक अवस्थाका लागि २४ सै घण्टा तयार र सतर्क रहने लगायतका निर्णय गरेको बैठकमा सहभागी दुई फरक/फरक व्यक्तिहरुले जानकारी दिए।

यसको लागि सञ्चार मन्त्रालयले सहजीकरण गर्ने र तोकिएका निकायहरुले आवश्यक कार्य गर्ने छन्।

यसको लागि बैठकले सबै निकाय र संस्थाहरुमा फोकल पर्सन समेत तोकेको छ।

प्रकाशित: १८ आश्विन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार