भदौ मसान्तसम्म १७ करोडमाथिको ईभी फ्लाट चार्जर र मोबाइल फोन चार्जर भित्रियो

Technology Khabar १७ आश्विन २०८२, शुक्रबार

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको दोस्रो महिना भदौभरीमा १७ करोडमाथिको ईभी गाडीको फ्लाट चार्जर तथा मोबाइल चार्जर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा १७ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको २ लाख ६१ हजार ३२७ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

सरकारले उक्त परिमाणको ईभी गाडीको फ्लाट चार्जर तथा मोबाइल फोन चार्जर आयातबाट यो अवधिमा ४ करोड ७६ लाख ५८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १७ मुलुकबाट ईभी गाडीको फ्लाट चार्जर तथा मोबाइल फोन चार्जर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट ५ करोड ४१ लाख ६१ हजार रुपैयाँ बराबरको ३ हजार ३६५ थान ईभी गाडीको फ्लाट चार्जर तथा १ करोड १५ लाख ५८ हजार बराबरको १ लाख ४८ हजार ९४६ थान मोबाइल फोन चार्जर आयात भएको छ।

यस्तो छ विवरण

ईभी फ्लाट चार्जर

क्र.सं.‌देशविवरणरकम हजारमा
चीन३३६५५४१६१
भारत२१०१८१६१८६
कुवेत
मलेसिया१०
कतार
अमेरिका१२
उज्बेकिस्तान

 

मोबाइल फोन चार्जर

 

क्र.सं.‌देशविवरणरकम हजारमा
चीन१४८९४६११५५८
जर्मनी
हङकङ३५१७
भारत२४५८९१४८४
इजरायल
कुवेत
मलेसिया
नेदरल्याण्ड्स
ओमान
१०कतार२६
११साउदी अरेबिया१५
१२थाइल्याण्ड
१३यूएई१३
१४बेलायत१५१०
१५अमेरिका३४२६
१६उज्बेकिस्तान१०
१७भियतनाम६३२०२८८९५४

प्रकाशित: १७ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया