विकिपिडियाको विकल्प ल्याउँदै इलन मस्क: नाम हुनेछ ग्रोकपिडिया

  • Technology Khabar | १६ आश्विन २०८२, बिहीबार
विकिपिडियाको विकल्प ल्याउँदै इलन मस्क: नाम हुनेछ ग्रोकपिडिया

काठमाडौं ।

अर्बपति इलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता स्टार्टअप एक्सएआईमार्फत विकिपिडियाको विकल्प विकास गर्दै रहेको बताएका छन् र ग्रोकिपिडिया नामको प्लेटफर्म ल्याउने योजना घोषणा गरेका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म एक्सका मालिक मस्कले नयाँ सेवा लामो समयदेखि चलिरहेको अनलाइन विश्वकोशभन्दा “ठूलो सुधार” हुने बताएका छन्, जसका सामग्री स्वयंसेवकहरूले तयार गर्ने र सम्पादन गर्ने खालको हुने टेलिग्राफले जनाएको छ।

मस्कले विकिपिडियालाई लामो समयदेखि राजनीतिक पक्षपात भएको आरोप लगाउँदै आएका छन्, जसले वामपन्थी दृष्टिकोण प्रतिबिम्बित गर्छ भन्ने उनी दावी गर्छन्। मस्क स्वयं हालका वर्षहरूमा क्रमशः दक्षिणपन्थी विचारतर्फ झुकिरहेका छन्।

मस्कका सहयोगी डेभिड स्याक्स जसलाई हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनमा कृत्रिम बुद्धिमत्ता आयुक्त नियुक्त गरेका छन्, उनले मस्कको घोषणाअघि एआई सफ्टवेयर तालिम दिन विकिपिडियाको सामग्री प्रयोग गरिएको भन्दै आलोचना गरेका थिए।

ग्रोकिपिडिया नाम एक्सएआईको च्याटबोट ग्रोकबाट आएको हो। तर ग्रोकले पछिल्ला महिनाहरूमा यहूदी विरोधी भनाइ गरेका कारण विवादको सामना गर्नुपरेको थियो, जसलाई मस्कको कम्पनीले प्रोग्रामिङ त्रुटिका कारण भएको दावी गरेको छ।

प्रकाशित: १६ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार