डीपसिकद्वारा नयाँ प्रयोगात्मक मोडेल सार्वजनिक

Technology Khabar १५ आश्विन २०८२, बुधबार

काठमाडौं ।

चिनियाँ कृत्रिम बुद्धिमत्ता विकासकर्ता डीपसिकले आफ्नो नवीनतम “प्रयोगात्मक” मोडेल सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यसलाई तालिम दिन बढी प्रभावकारी र अघिल्ला संस्करणको ठूला भाषा मोडेलहरूभन्दा लामो पाठ प्रशोधन गर्न अझ सक्षम बनाइएको छ।

टेलिग्राफका अनुसार हाङ्जाउमा आधारित कम्पनीले डीपसिक-भी३.२-एक्सपलाई “हाम्रो नयाँ पुस्ताको संरचनातर्फको एक अन्तरिम कदम” भनेको छ। विदेशी सञ्चारमाध्यमका अनुसार यो संरचना डीपसिकका सबैभन्दा महत्वपूर्ण उत्पादन प्रकाशनमध्ये एक हुने सम्भावना छ।

भी३.२-एक्सप मोडेलमा डीपसिक स्पार्स अटेन्सन नामको संयन्त्र समावेश गरिएको छ, जसले कम्प्युटिङ खर्च घटाउने र केही किसिमका मोडेलहरूको कार्यक्षमता बढाउने दाबी कम्पनीले गरेको छ। डीपसिकको नयाँ पुस्ताको संरचनाले अलीबाबाको क्वेन जस्ता घरेलु प्रतिद्वन्द्वी र ओपनएआई जस्ता अमेरिकी प्रतिस्पर्धीलाई ठूलो दबाब दिन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: १५ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया