घर वा अपार्टमेन्टको कमजोर वाई–फाई सिग्नल समस्या समाधान गर्ने तरिका जान्नुहोस्

Technology Khabar १५ आश्विन २०८२, बुधबार

काठमाडौं ।

घरको केही भागहरूमा बलियो वाई–फाई सिग्नल उपलब्ध नहुने समस्या नौलो होइन। यसले ल्यापटप, ट्याब्लेट, वा फोनमा इन्टरनेट राम्रोसँग नचल्ने समस्या निम्त्याउँदछ भने, बलियो वाई–फाई सिग्नल उपलब्ध नहुने घरको यी भागहरूलाई “डेड जोन” भन्ने गरिन्छ। तिनीहरू धेरै कारणले हुने गर्दछन् र यो समस्याको समाधानहरू यहाँ उल्लेख गरिएका छन्।

घरको विभिन्न भागहरूमा गति परीक्षण (ओक्ला) गरेर सबैभन्दा सजिलो तरिकाले “डेड जोन” पत्ता लगाउन सकिने टेलिग्राफले रिपोर्ट गरेको छ।

यदि घरको बाँकी भाग वा भुक्तानी गरिरहेको प्याकेजको तुलनामा इन्टरनेटको गति एकदमै कम भएको खण्डमा “डेड जोन” फेला पारिएको भनेर बुभ्न सकिने जनाइएको छ।

त्यसैगरी नेटस्पट वा फिङ्ग जस्ता वाई–फाई विश्लेषण एपहरू मार्फत थप विस्तृत रुपमा मापन गर्न पनि सकिने छ। यी एपहरूले सिग्नल स्थ्रेन्थ (आरएसएसआई) देखाउँदछन् र उक्त सिग्नल स्थ्रेन्थ शून्यको नजिक भएको खण्डमा त्यसलाई राम्रो मान्ने गरिन्छ।

उदाहरणका लागि -३० डेसिबल एक बलियो सिग्नल हो भने –७० देखि –८० ले कमजोर सिग्नललाई जनाउँछ।

सरल समाधानहरूः

  • राउटरलाई घरको मध्य भागमा, भित्ताहरूबाट टाढा र भुइँबाट केही फिट टाढा सार्नुहोस्।
  • एन्टेनाहरू (यदि कुनै छन् भने) फरक दिशामा समायोजन गर्नुहोस्।
  • राउटर रिस्टार्ट गर्नाले प्रायः धेरैजसो समस्याहरू समाधान हुन्छन्। यदि त्यसले काम गरेन भने, यसलाई फ्याक्ट्रि सेटिङहरूमा रिसेट गर्नुहोस्।

नयाँ उपकरणको आवश्यकता कहिले पर्दछ?

यदि माथि उल्लेख गरिएका कुनै पनि समाधानहरूले काम नगरेको खण्डमा भने, यो नयाँ राउटरको लागि समय हुन सक्छ (प्रत्येक ५ वर्षमा प्रतिस्थापन सिफारिस गरिन्छ) भनेर बुझ्नु पर्ने उल्लेख गरिएको छ।

वाई–फाई ६ई वा वाई–फाई ७ स्ट्याण्डर्ड भएका नयाँ मोडेलहरूले ६गीगाहर्ज ब्यान्डको लागि राम्रो कभरेज र कम हस्तक्षेप प्रदान गर्दछ।

साना अपार्टमेन्टहरूको लागि, राउटरको सिग्नल विस्तार गर्न वाई–फाई एक्सटेन्डर पर्याप्त हुनेछ र सिग्नल समान रूपमा वितरण गर्ने धेरै राउटरहरूका साथ ठूला ठाउँहरू वा धेरै तल्लाहरूको लागि “मेस” प्रणाली राम्रो हुनेछ।

छिमेकीहरूसँग ओभरल्याप गर्नको लागि भने वाई–फाई च्यानल परिवर्तन गर्नु एउटा अतिरिक्त चाल हुने जनाइएको छ। २.४गीगाहर्ज ब्यान्डमा राम्रो रेञ्ज भए पनि गति ढिलो हुने गर्दछ भने ५गीगाहर्ज छिटो हुने तर अधिक सीमित रेञ्ज हुने गर्दछ। यदि दुई अलग नेटवर्कहरू भएको खण्डमा भने तदनुसार डिभाइसहरू जडान गर्न सकिने छ।

अन्तमा, राम्रो सुरक्षा र प्रदर्शनको लागि आफ्नो राउटरको प्रणाली नियमित रूपमा अपडेट गर्न टेलिग्राफले सिफारिस गरेको छ।

प्रकाशित: १५ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया