जापानी बियर कम्पनी असाही ग्रुप होल्डिंग्समा साइबर आक्रमण, उत्पादन कार्य ठप्प

  • Technology Khabar | १४ आश्विन २०८२, मंगलवार
जापानी बियर कम्पनी असाही ग्रुप होल्डिंग्समा साइबर आक्रमण, उत्पादन कार्य ठप्प

काठमाडौं ।

जापानी बियर तथा पेय पदार्थको विशाल कम्पनी असाही ग्रुप होल्डिंग्सले साइबर आक्रमणको एक दिन पछि पनि घरेलु कारखानाहरूमा उत्पादन पुनः सुरु गर्न सकेको छैन र यो कहिले पुनः सुरु हुन्छ भनेर अनुमान गर्न पनि नसक्ने कम्पनीका प्रवक्ताले बताएका छन्।

कम्पनीको जापानमा बियर, पेय पदार्थ र खाद्य उत्पादनहरू बनाउने ३० ओटा प्लान्टहरू छन्, तर ती सबैले उत्पादन बन्द गरेका छन् कि छैनन् भन्ने बारेमा अझै अनुसन्धान भइरहेको प्रवक्ताले उल्लेख गरेको रोयटर्सले रिपोर्ट गरेको छ।

असाही सुपर ड्राई बियर, निक्का ह्विस्की र मित्सुया साइडरका निर्माताले सोमबार राति जापानमा रहेका आफ्ना समूह कम्पनीहरूमा भएको साइबर आक्रमणका कारण प्रणाली आउटेज भएसँगै सबैकार्यहरु निलम्बन गरेको बताएको छ।

प्रकाशित: १४ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार