स्पेसएक्सद्वारा भ्याण्डेनबर्गबाट २८ वटा नयाँ स्टारलिङ्क स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | १४ आश्विन २०८२, मंगलवार
स्पेसएक्सद्वारा भ्याण्डेनबर्गबाट २८ वटा नयाँ स्टारलिङ्क स्याटेलाइट प्रक्षेपण

काठमाडौं ।

आइतबार (सेप्टेम्बर २८) स्पेसएक्सको फाल्कन ९ रकेटले दक्षिणी क्यालिफोर्नियाको साँझको आकाश उज्यालो बनाउँदै २८ वटा नयाँ स्टारलिङ्क उपग्रहलाई पृथ्वीको तल्लो कक्षामा पुर्‍याएको छ।

भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समय अनुसार बेलुकी ७:०४ बजे (बेलुकी १०:०४.ईडटी, ०२:०४ जीएमटी सेप्टेम्बर २९) प्रक्षेपण भएको यो रकेट केही मिनेटमै अन्तरिक्षमा पुगेको थियो। रकेटको माथिल्लो चरणले जमिनबाट उडेको करिब एक घण्टापछि ब्रडब्यान्ड इन्टरनेट रिले (स्टारलिङ्क समूह ११-२०) कक्षामा छोड्ने तालिका बनाइएको थियो।

स्पेस डटकमका अनुसार यसैबीच फाल्कन ९ को पहिलो चरण (बुस्टर १०६३) चारवटा अवतरण खुट्टा फैलाएर प्रशान्त महासागरमा तैनाथ गरिएको “अफ कोर्स आई स्टिल लभ यू” नामक ड्रोनजहाजमा अवतरण गरेको छ। यो बुस्टरको यो २८औं उडान थियो।

यस प्रक्षेपणसँगै स्पेसएक्सको विशाल स्टारलिङ्क तारामण्डलमा थप २८ उपग्रह थपिँदा सक्रिय एकाइहरूको कुल संख्या ८,५०० भन्दा बढी पुगेको छ। यो उडान स्पेसएक्सको यस वर्षको १२४औं फाल्कन ९ मिशन हो, २०१० देखि हालसम्म कुल ५४२ प्रक्षेपण पूरा भइसकेका छन्।

प्रकाशित: १४ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...