Technology Khabar १४ आश्विन २०८२, मंगलवार
काठमाडौं ।
इन्डोनेशियाको प्रतिस्पर्धा विरोधी निकायले सोमबार टोकपेडिया खरिदबारे ढिला रिपोर्टिङ गरेको भन्दै टिकटकलाई १५ अर्ब रुपियाह (९ लाख अमेरिकी डलर) जरिवाना गरेको छ।
चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले सन् २०२४ को जनवरीमा ८४ करोड अमेरिकी डलरमा पीटी गोटो गो-जेक टोकपेडियाबाट टोकपेडियाको ७५.०१ प्रतिशत सेयर खरिद पूरा गरेको थियो।
टिकटकका प्रवक्ताले आफूहरूले केपीपीयूको निर्णयको सम्मान गर्ने र न्यायपूर्ण व्यापारिक प्रतिस्पर्धाका सिद्धान्तलाई कायम राख्न प्रतिबद्ध रहने बताएका छन्।
उक्त निकायलाई प्रतिस्पर्धा कानुन उल्लंघनबारे छानबिन गर्ने, नतिजा सार्वजनिक गर्ने र जरिवाना वा प्रशासनिक कारबाही गर्ने अधिकार रहेको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १४ आश्विन २०८२, मंगलवार