विद्युतीय चुलोको प्रयोग बढ्दो: भदौ महिनामा नेपालमा भित्रियो ५ करोडमाथिको २५ हजार थान

Technology Khabar १४ आश्विन २०८२, मंगलवार

विद्युतीय चुलोको प्रयोग बढ्दो: भदौ महिनामा नेपालमा भित्रियो ५ करोडमाथिको २५ हजार थान
ललितपुरको ग्वार्को कम्प्लेक्समा अवस्थित बिग डिजिटलमा बिक्रीका लागि राखिएका इन्डक्सन चुल्हो। फाइल तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौमा नेपालमा ५ करोड १३ लाख ५६ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ८ देशहरुबाट उक्त मूल्य बराबरका २५ हजार ४६० थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ७३ लाख ४५ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट ४ करोड ५ लाख २३ हजार बराबरको १९ हजार ४६९ थान तथा भारतबाट ९६ लाख ४४ हजार बराबरको ५ हजार ७ सय ४ थान चुलो आएको छ।

यीबाहेक कतारबाट १० हजार बराबरको १० थान, यूएईबाट १५ हजार बराबरको १६ थान, बंगलादेशबाट ४ लाख २३ हजार बराबरको २१० थान, मलेसियाबाट ७ लाख ३६ हजार बराबरको ४८ थान तथा साउदी अरेबियाबाट २ हजार बराबरको २ थान तथा अमेरिकाबाट २ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।

यस्तो छ तथ्याङ्क

इण्डक्शन चुलो

 

क्र. सं.देशपरिमाणरकम
चीन७०९९१८२७५
भारत४४९४६६९७
मलेसिया४८७३६
कतार
साउदी अरेबिया
यूएई१३१२
अमेरिका

 

इन्फ्रारेड चुलो

 

क्र. सं.देशपरिमाणरकम
बंगलादेश२१०४२३
चीन१२३५८२२१५७
भारत९९८२१०२
कतार

 

अन्य विद्युतीय चुलो

 

क्र. सं.देशपरिमाणरकम
चीन१२९२
भारत२१२८४५
कतार
यूएई

 

प्रकाशित: १४ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया