नयाँ एम५ म्याकबुक उत्पादन गर्दै एप्पल

Technology Khabar १४ आश्विन २०८२, मंगलवार

नयाँ एम५ म्याकबुक उत्पादन गर्दै एप्पल
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

ब्लूमबर्गका मार्क गर्मनका अनुसार एप्पलको नयाँ सिलिकन चिप्स उत्पादन लाइनमा पुग्नै लागेको छ। पछिल्लो पावर अन न्यूजलेटरमा गर्मनले एप्पल “आगामी म्याकबुक प्रो, म्याकबुक एयर र दुईवटा नयाँ म्याक मोनिटरहरूको ठूलो मात्रामा उत्पादन नजिकिएको बताएका छन्।” उनका अनुसार यी परिमार्जित उत्पादनहरू यो वर्षको अन्त्यदेखि अर्को वर्षको पहिलो त्रैमासिकभित्र सार्वजनिक हुने तय छ।

यस वर्षको सुरुमा गर्मनले एप्पलले २०२५ को दोस्रो भागमा एम५ म्याकबुक प्रोको उत्पादन सुरु गर्ने अपेक्षा गरिएको बताएका थिए। सबै संकेतले एप्पलको सामान्य तालिका पछ्याउने देखिन्छ, जसअनुसार म्याकबुक प्रो हरेक शरद ऋतुमा सार्वजनिक हुने र वसन्त ऋतुतिर म्याकबुक एयर ल्याइने गर्दछ। तर, गार्मनले जुलाईमा प्रकाशित आफ्नो न्यूजलेटरमा “एप्पलले आन्तरिक रूपमा अब म्याकबुक प्रो अर्को वर्षको सुरुवातमै ल्याउने लक्ष्य राखेको छ” भन्ने उल्लेख गरेका थिए।

आगामी म्याकबुकहरू बाहेक, दुईमध्ये एउटा नयाँ म्याक मोनिटर परिमार्जित स्टुडियो डिस्प्ले हुने अपेक्षा गरिएको छ। पहिलो पटक मार्च २०२२ मा सार्वजनिक भएको यो डिस्प्ले पुनः परिमार्जन हुने अनुमान गरिएको छ। केही हल्लाअनुसार यसमा मिनी–एलईडी डिस्प्ले हुनेछ भने प्रकाश र रङको गुणस्तरमा सुधार हुनेछ।

प्रकाशित: १४ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया