Technology Khabar १४ आश्विन २०८२, मंगलवार
काठमाडौं ।
एप्पलले आईओएस २६ सँगै आफ्नै कल रेकर्डिङ फिचरलाई अझ विस्तारित र उपयोगी बनाएको छ। अब यसमा ट्रान्सक्रिप्ट, लाइभ अनुवाद, सारांश र नोट्ससँग गहिरो एकीकरण थपिएको छ। यो विशेष गरी पत्रकार, मिटिङ वा महत्वपूर्ण कुराकानी गर्ने प्रयोगकर्ताका लागि अझ प्रभावकारी भएको छ।
कल रेकर्डिङ पहिलोपटक २०२४ अक्टोबरमा आएको आईओएस १८.१ मा आएको थियो। यो सुविधा अझै पनि क्षेत्र र भाषानुसार सीमित छ। उपलब्ध मुलुकमा सिधै फोन एपमार्फत तेस्रो पक्षको एप वा हार्डवेयर प्रयोग नगरी कल रेकर्ड गर्न सकिने इन्ग्याजेटले उल्लेख गरेको छ। उपलब्ध नभएको अवस्थामा भने वैकल्पिक उपाय प्रयोग गर्नुपर्छ।
आफ्नो क्षेत्रमा सुविधा उपलब्ध छ कि छैन भन्ने जाँच गर्ने तरिका
एप्पलले कल रेकर्डिङ उपलब्ध नभएका देशहरूको सूची सार्वजनिक राखेको छ, जसमा युरोपेली संघका देशहरू, साउदी अरेबिया र दक्षिण अफ्रिका पर्छन्। यदि तपाईंको देश सूचीमा छ भने फोन एपमा यो विकल्प देखिँदैन।
रेकर्डिङ सुरु गर्दा दुवै पक्षलाई “कुराकानी रेकर्ड भइरहेको छ” भन्ने अडियो सूचना बज्छ।
आईफोनमा कसरी कल रेकर्ड गर्ने
१. फोन एप खोल्नुहोस्
२.कल सुरु गर्नुहोस् वा रिसिभ गर्नुहोस्।
३. कुराकानी भइरहँदा मोर बटन थिच्नुहोस्।
४. कल रेकर्डिङ रोज्नुहोस्।
रेकर्डिङ रोक्दा वा कल काट्दा अडियो स्वतः सुरक्षित हुन्छ। सबै रेकर्डिङहरू नोट्स एपभित्र कल रेकर्डिङ्स फोल्डरमा भेटिन्छ।
रेकर्डिङ सुन्न, व्यवस्थापन गर्न वा मेटाउन
ट्रान्सक्रिप्ट कसरी पाउने
समर्थित भाषा र क्षेत्रमा भएमा शो ट्रान्सक्रिप्ट एण्ड समरी ट्याप गरेर ट्रान्सक्रिप्ट पाउन सकिन्छ। केही समय प्रक्रिया लाग्छ तर तयार भएपछि स्पिकरअनुसार छुट्याइएको लेख देखिन्छ।
एप्पल इन्टलिजेन्स सारांश
एप्पल इन्टेलिजेन्स सक्रिय छ भने ट्रान्सक्रिप्टसँगै सारांश पनि देखिन्छ। यसले मिटिङका कार्यसूची वा अन्तरवार्ताका मुख्य बुँदाहरू छोटकरीमा उपलब्ध गराउँछ।
कल रेकर्डिङ कसरी बन्द गर्ने
सेटिङ्स → एप्स → फोन → कल रेकर्डिङ मा गई फिचरलाई अफ गर्न सकिन्छ।
उपलब्ध नभएमा वैकल्पिक उपाय
तर आफ्नो मुलुक वा राज्यको कानुनअनुसार अनुमति आवश्यक पर्न सक्ने भएकाले रेकर्डिङ अघि कानुनी पक्ष अवश्य जाँच्नुपर्छ।
प्रकाशित: १४ आश्विन २०८२, मंगलवार