रियलमी वाच ५ आधिकारिक वेबसाइटमा सूचीबद्ध

Technology Khabar १३ आश्विन २०८२, सोमबार

काठमाडौं ।

यस महिनाको सुरुमा लीक भएको रियलमी वाच ५ लाई अब रियलमीको आधिकारिक वेबसाइटमा सूचीबद्ध गरिएको हो।

रियलमी वाच ५ मा रहेको ४६० एमएएच ब्याट्रीले १४–दिनको ब्याट्री लाइफ प्रदान गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ। रियलमी वाच ५ मा गुगलको वेयर ओएस नभइ आफ्नै स्वामित्वको सफ्टवेयर रहनेछ। रियलमी वाच ५ मा १.९७ इन्चको आयताकार एएमओएलईडी स्क्रिन समावेश गरिएको छ जसमा ३९०×४५० रिजोल्युसन, ६०हर्ज रिफ्रेस रेट र ६००–निट पीक ब्राइटनेस रहेको छ।

यस वेयरेबलमा १०८ स्पोट्र्स मोडहरू, ३०० भन्दा बढी वाच फेसहरू, जीपीएस र जीएनएसएस, एनएफसी भुक्तानीहरूको लागि समर्थन, हार्ट रेट मनिटर, रगत अक्सिजन ट्र्याकिङको साथमा यो धुलो र पानी प्रतिरोधको लागि आईपी६८ मूल्याङ्कन गरिएको छ।

हाल जर्मनीको अमेजनमा ७० यूरोमा उपलब्ध रियलमी वाच ५ को सबैभन्दा छिटो डेलिभरी मिति नोभेम्बर ३ को रूपमा सूचीबद्ध गरिएको छ। त्यसैले रियलमी वाच ५ अझै रिलीज हुन केही हप्ता लाग्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १३ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया