Technology Khabar १३ आश्विन २०८२, सोमबार
काठमाडौं ।
ओप्पो नेपालले यस वर्षको बडादशैंलाई विशेष बनाउन ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना सार्वजनिक गरेको छ। यो योजनामार्फत ग्राहकहरूले हालसालै बजारमा आएको रु. २,४९,९९९ मूल्यको नयाँ ओप्पो फाइन्ड एन५ सहित विभिन्न उपहार जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार योजना अवधिभर नयाँ ओप्पो स्मार्टफोन खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन्। एक जना भाग्यशाली विजेताले नयाँ ओप्पो फाइन्ड एन५ प्राप्त गर्नेछन् भने अन्य हजारौँ विजेताले नगद पुरस्कार, स्मार्टफोन, मोबाइल उपकरणहरु जित्ने मौका पाउनेछन्।
यस योजनाअन्तर्गत ८,००० ग्राहकले रु. १०० देखि रु. १,००० सम्मको नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै २ जनाले ओप्पो रेनो १४ सिरिज, १० जनाले ओप्पो ए५ सिरिज, २०० जनाले रियलफिट एयरबड्स, ५०० जनाले रियलफिट स्पिकर र २०० जनाले ओप्पो टी–शर्ट प्राप्त गर्नेछन्।
योजनामा सहभागी हुन ग्राहकले ओप्पो स्मार्टफोन खरिद गरेपछि स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरी डिजिटल स्पिन ह्विल घुमाउनुपर्नेछ। त्यसपछि आईएमईआई नम्बर र नाम प्रविष्ट गरी विवरण प्रमाणित गरेपछि नतिजा तुरुन्तै हेर्न सकिनेछ र पुरस्कार सुनिश्चित गर्न सकिनेछ।
योजना २०८२ सालको असोज ५ गतेदेखि कार्तिक ४ गते सम्म सञ्चालन हुनेछ। पुरस्कार लिनका लागि प्रयोग भएको स्मार्टफोन सक्रिय हुनुपर्नेछ, ग्राहकले वारन्टी कार्ड र खरिद बिल सुरक्षित राख्नुपर्नेछ। साथै सम्पूर्ण योजनाको विवरणका लागि खुद्रा पसलसँग सम्पर्क गर्न र सर्त तथा नियमहरू ध्यानपूर्वक पढ्न कम्पनीले सिफारिस गरेको छ।
‘दशैंको बहार, ओप्पो फाइन्ड एन५ उपहार’ योजनामार्फत ओप्पो नेपालले उपभोक्तालाई आधुनिक प्रविधिसँगै उत्सवको उल्लास बाँड्ने उद्देश्य राखेको छ। परम्परा र प्रविधिलाई जोड्दै यसपालिको दशैंलाई अझ विशेष बनाउन कम्पनीले यो अवसर प्रस्तुत गरेको कम्पनीको दावी छ।
प्रकाशित: १३ आश्विन २०८२, सोमबार