भदौ मसान्तसम्ममा २९ करोड हाराहारीको राउटर आयात, रकमका हिसाबले अघिल्लो महिनाको तुलनामा तीन गुणाभन्दा बढी

Technology Khabar १३ आश्विन २०८२, सोमबार

भदौ मसान्तसम्ममा २९ करोड हाराहारीको राउटर आयात, रकमका हिसाबले अघिल्लो महिनाको तुलनामा तीन गुणाभन्दा बढी
बिग डिजिटलको शोरुममा बेच्न राखिएका बिभिन्न ब्राण्डका राउटरहरु। फाइल तस्विर

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको दोस्रो महिना भदौभरीमा २८ करोड ८२ लाख माथिको राउटरको आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसारनेपालमा २८ करोड ८२ लाख ६१ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको १ लाख २५ हजार ९२८ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

साउन महिनासम्म नेपालमा ८ करोड ६७ लाख रुपैयाँ बराबरको ४६ हजार ५०६ थान राउटर आयात भएकोमा भदौ मसान्तसम्म आइपुग्दा २८ करोड ८२ लाख ६१ हजार बराबरको १ लाख २५ हजार ९२८ थान राउटर आएको छ।

यस हिसाबले हेर्दा साउन मसान्तदेखि भदौ मसान्तसम्मको एक महिनामा २० करोड १५ लाख १५ हजार रुपैयाँ बराबरको ७९ हजार ४२२ राउटर आयात भएको विवरणले देखाएको छ।

सरकारले उक्त परिमाणको राउटर आयातबाट यो अवधिमा ५ करोड ४१ लाख ७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा ९ मुलुकबाट राउटर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट २८ करोड ७८ लाख ३ हजार रुपैयाँ बराबरको १ लाख २५ हजार ८४८ थान राउटर आयात भएको छ। यसैगरी भारतबाट ३ हजार बराबरको ६० थान, मलेसियाबाट ३ हजार बराबरको १ थान, कतारबाट १ हजार बराबरको २ थान, सिङ्गापुरबाट १ हजार बराबरको १ थान,  यूएईबाट २ हजार बराबरको ८ थान राउटर आयात भएको छ।

यसैगरी बेलायतबाट २ हजार बराबरको १ थान, संयुक्त राज्य अमेरिकाबाट २ लाख ७४ हजार बराबरको १ थान तथा भियतनामबाट १ लाख ७३ हजारबाट ६ थान राउटर आएको छ।

यस्तो छ विवरण

क्र.सं.‌देशविवरणरकम हजारमा
चीन१२५८४८२८७८४८
भारत६०
मलेसिया
कतार
सिङ्गापुर
यूएई
बेलायत
सं.रा. अमेरिका२७४
भियतनाम१७३

 

प्रकाशित: १३ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया