बेलायतमा फेसबुक र इन्स्टाग्रामको विज्ञापन–रहित सदस्यताहरू उपलब्ध हुने

Technology Khabar १३ आश्विन २०८२, सोमबार

काठमाडौं ।

मेटाले शनिबार फेसबुक र इन्स्टाग्राम दुवैको लागि विज्ञापन–रहित सदस्यताहरू “आगामी हप्ताहरूमा” बेलायतमा उपलब्ध हुने घोषणा गरेको छ।

यस विज्ञापन–रहित सदस्यताहरूले प्रयोगकर्ताहरूलाई कुनै पनि सेवामा विज्ञापनहरू हेर्न बन्द गर्नको लागि शुल्क तिर्न विकल्प प्रदान गर्नेछ। सदस्यता शुल्क वेबमा प्रति महिना २.९९ पाउन्ड स्टर्लिंग र आईओएस वा एन्ड्रोइडमा सदस्यताको लागि भने प्रति महिना ३.९९ पाउन्ड स्टर्लिंग हुनेछ। एप्पल र गुगलले आफ्नो स्टोरहरू मार्फत शुल्क लिने भएकाले कारण आईओएस वा एन्ड्रोइडमा सदस्यता लागत महँगो हुनेछ।

यी मूल्यहरू प्रयोगकर्ताहरूको अकाउण्ट सेन्टरमा सूचीबद्ध पहिलो खाताको लागि हुन्। त्यसपछिका प्रत्येकको लागि, प्रयोगकर्ताहरूले २ पाउन्ड स्टर्लिंग (वेबमा) वा ३ पाउन्ड स्टर्लिंग (आईओएस वा एन्ड्रोइडमा) अतिरिक्त मात्र तिर्नु पर्नेछ।

यो कदम “हालैको बेलायती नियामक मार्गदर्शनको प्रतिक्रियामा र सूचना आयुक्तको कार्यालय (आईसीओ) सँगको व्यापक संलग्नता पछि” आएको मेटाले बताएको छ।

फेसबुक र इन्स्टाग्रामले १८ वर्षभन्दा माथिका बेलायती प्रयोगकर्ताहरूलाई विज्ञापनहरू नहेरी सेवाहरू प्रयोग गर्न सकिने विकल्प उपलब्ध रहेको सूचित गर्न थाल्ने भएका छन्।

सदस्यता लिने निर्णयले र ती सबैको लागि भुक्तानी गरेको खण्डमा प्रयोगकर्ताको मेटा अकाउण्ट सेन्टरमा थपिएका सबै फेसबुक र इन्स्टाग्राम खाताहरूमा कुनै पनि विज्ञापनहरू देखा नपर्ने कुराको सुनिश्चित गर्नेछ।

यदि सदस्यता नलिने छनौट गरिएको खण्डमा भने, प्रयोगकर्ताले व्यक्तिगत विज्ञापनहरूको साथ अहिलेको जस्तै अनुभव प्राप्त गर्न जरी राख्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १३ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया