
काठमाडौं ।
अमेरिकाले ईयू र अमेरिका बीच जुलाईमा भएको व्यापार सम्झौता अनुरूप आधिकारिक रूपमा आफ्नो कर २७.५ प्रतिशतबाट १५ प्रतिशतमा घटाएको छ। बिहीबारको अमेरिकाको यो नर्णयसँगै युरोपेली अटोमोटिभ उद्योगले अब “आरामको सास फेरेको” र केहि राहत महसुस गरेको रिपोर्ट गरिएको छ।
यूएस फेडेरल रजिस्टर (अमेरिकी संघीय दर्ता) मा प्रकाशित भएको यो सूचनाले अमेरिकी प्रतिबद्धताहरू अनुरूप, अगस्ट १ देखि पूर्वव्यापी रूपमा लागू गरिनेछ भनि पुष्टि गरेको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।
अमेरिकी समकक्षी जेमिसन ग्रीरसँगको भिडियो कल पछि ईयू व्यापार आयुक्त मारोस सेफकोभिचले एक्समा “मेरो मूल्याङ्कन छ कि हाम्रा संयुक्त प्रतिबद्धताहरूको कार्यान्वयन ट्रयाकमा छः कार र स्पेयर पाट्र्समा कर १ अगस्टमा पूर्वव्यापी रूपमा १५ प्रतिशतमा घटाइयो, सेप्टेम्बर १ मा प्रमुख सीमा छुटहरू” भनि लेखेको उल्लेख गरिएको छ।
यो घोषणाले विमान, केही औषधि र रासायनिक उत्पादनहरू र केही प्राकृतिक स्रोतहरूको लागि सहमति भएको कर छुटहरू पनि लागू गर्दछ।
गत जुलाईमा, ईयू र अमेरिका हप्ताभरको असहमति पछि व्यापार सम्झौतामा पुगेका थिए जसले वाशिंगटनलाई ईयूका सामानहरूमा १५ प्रतिशत शुल्क लगाउन अनुमति दिएको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १२ आश्विन २०८२, आईतवार