सूचना प्रविधि समूहका सहसचिवद्वयको राजीनामा स्वीकृत

  • Technology Khabar | ११ आश्विन २०८२, शनिबार
सूचना प्रविधि समूहका सहसचिवद्वयको राजीनामा स्वीकृत

काठमाडौं ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले दिएको राजीनामा स्वीकृत भएको छ।

सूचना प्रविधि प्राविधिक समूहका सहसचिवको रूपमा विभागको नेतृत्व गरिरहेका उनले भदौमा राजीनामा दिएका थिए तर उनको राजीनामा स्वीकृत भएको थिएन्।

यसका साथै सूचना प्रविधि क्षेत्रका अर्का सहसचिव डा राम गोविन्द अर्यालको राजीनामासमेत स्वीकृत भएको छ।

शर्मा राजपत्राङ्कित प्रथम श्रेणी (विविध)अन्तर्गतका वरिष्ठ सहसचिव थिए। यस्तै, अर्याल भने लोकसेवा आयोगमा सूचना प्रविधि निर्देशक पदमा कार्यरत थिए।

उनीहरु दुबैले केपी ओली सरकारले ल्याएको निजामती सेवा विधेयकमा भएको व्यवस्थाका कारण राजीनामा दिएको बताईएको छ। तर औपचारिक रुपमा भने उनीहरुले अन्य कारण देखाएर राजीनामा दिएका थिए।

हालको ऐनअनुसार सूचना प्रविधि प्राविधिकतर्फ सहसचिवभन्दा माथि बढुवा हुने ठाउँ छैन।

प्रकाशित: ११ आश्विन २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...