भदौ महिनामा नेपाल भित्रियो ३० हजारभन्दा बढी सिम कार्ड

Technology Khabar ११ आश्विन २०८२, शनिबार

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौमा ४४ हजार थानभन्दा बढी सिम कार्ड आयात भएको छ।

भन्सार विभागले हालै जारी गरेको चालु आर्थिक वर्षको भदौ महिनसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा ५४ लाख १७ हजार रुपैयाँ बराबरको ३० हजार १९६ थान सिम कार्ड आयात भएको छ।

सिम कार्ड आयातबाट सरकारले १३ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार सिम कार्ड अस्ट्रेलिया, चीन, जापान, बेलायत र मेक्सिको गरी विश्वका पाँच देशबाट आएको देखिन्छ।

भदौमा सबैभन्दा बढी अर्थात् २० हजार थान सिम कार्ड मेक्सिकोबाट नेपाल आएको छ। यसको समग्र मूल्य २ लाख २ हजार परेको छ।

यसैगरी अष्ट्रेलियाबाट ५ हजार थान र बेलायतबाट समान ५-५ हजार थान सिमकार्ड आयात भएको तथ्याङ्कमा उल्लेख छ। यिनीहरुको मूल्य क्रमश: ८८ हजार र १ लाख १५ हजार रुपैयाँ रहेको छ।

यो अवधिमा चीनबाट जम्मा १४६ थान सिमकार्ड आएको तथ्याङ्कमा देखिन्छ तर यसको समग्र मूल्य भने ४९ लाख ७० हजार उल्लेख गरिएको छ। यसैगरी जापानबाट ३ हजार बराबरको ५० थान सिम कार्ड आयात भएको देखिन्छ।

यस्तो छ विवरण

क्र. सं.देशपरिमाणरकम हजारमा
अस्ट्रेलिया५०००८८
चीन१४६४९७०
जापान५०
मेक्सिको२००००२०२
बेलायत५०००१५५

प्रकाशित: ११ आश्विन २०८२, शनिबार

तपाइको प्रतिक्रिया