शाओमी १७ आधिकारिक रूपमा सार्वजनिक: के के छन् विशेषता?

Technology Khabar ११ आश्विन २०८२, शनिबार

काठमाडौं ।

शाओमीले आधिकारिक रूपमा आफ्नो नयाँ शाओमी १७ सिरिज प्रस्तुत गरेको छ। शाओमी १७ सिरिजअन्तर्गतको शाओमी १७ स्मार्टफोन अब स्न्यापड्रागन ८ एलिट जेन ५ ले सुसज्जित पहिलो फोन बनेको छ र यसले आफ्नो पूर्ववर्ती भन्दा केही उल्लेखनीय अपग्रेडहरू पनि ल्याएको छ।

जीएसएमएरिनाका अनुसार शाओमी १७ मा उपलब्ध नयाँ ७,००० एमएएच सिलिकन कार्बाइड ब्याट्रीमा १६ प्रतिशत सम्म सिलिकन कन्टेन्ट र १०० वाट वायर्ड फास्ट चार्जिङ सुविधा रहेको छ। शाओमी १७ ले ५० वाट वायरलेस चार्जिङ र २२.५ वाट सम्म रिभर्स वायरलेस टप–अपहरूलाई पनि समर्थन गर्दछ।

शाओमी १७ मा १,२२० × २,६५६ पिक्सेल रेजोल्युसन र भेरिएबल १–१२०हर्ज रिफ्रेस रेटको सहितको ६.३–इन्चको एम१० एलटीपीओ ओएलईडी रहेको छ। स्क्रिनमा ३,५०० निट्स सम्मको पीक लोकल ब्राइटनेस र शाओमी ड्र्यागन क्रिस्टल ग्लास रहेको छ।

शाओमीले बेजेलहरू पनि ट्रिम गरेको छ जसले चारै तिर केवल १.१८एमएम मापन गर्दछ भने डिभाइसमा अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानर पनि उपलब्ध गराइएको छ।

यो फोनमा फ्ल्याट एल्युमिनियम फ्रेमको साथमा आईपी६८ पानी र धुलो प्रतिरोधी पनि रहेको छ। स्मार्टफोनको पछाडिको भागमा गत वर्ष जस्तै ट्रिपल क्यामरा सेटअप रहेको छ।

डिभाइस १७ एमएम बराबरको ५० मेगापिक्सेलको अल्ट्रावाइड लेन्स, १/१.३१” लाइट हन्टर ९५० सेन्सरसहितको २३ एमएम बराबरको ५० मेगापिक्सेलको मुख्य शूटर र २.६× अप्टिकल जुमको साथ ६० एमएम बराबरको ५० मेगापिक्सेलको टेलिफोटोले सुसज्जित रहेको छ। त्यसैगरी स्मार्टफोनको सेल्फी शूटरलाई ५० मेगापिक्सेलमा स्तरोन्नति गरिएको छ।

शाओमी १७ मा स्न्यापड्र्यागन ८ एलिट जेन ५ को साथमा ४,४९७ एमएम² भेपर चेम्बर, १२/१६ जीबी र्याम र २५६/५१२ जीबी स्टोरेज समावेश गरिएको छ। हाइपरओएस ३ सँग आउने शाओमी १७ कालो, सेतो, नीलो र गुलाबी रङ्गहरूमा आउने बताइएको छ।

चीनमा बेसलाइन १२/२५६जीबी ट्रिमको मूल्य ४,४९९ चिनियाँ युआन (६३० अमेरिकी डलर) बाट सुरु हुने उल्लेख गरिएको छ। मिड–टियर १२/५१२जीबी संस्करणको मूल्य ४,७९९ चिनियाँ युआन (६७२ अमेरिकी डलर) रहेको छ भने टप–टियर १६/५१२जीबी मोडेलको मूल्य ४,९९९ चिनियाँ युआन (७०० अमेरिकी डलर) कायम गरिएको छ। चीनमा प्रि–अर्डरहरू लाइभ भइसकेको र सेप्टेम्बर २७ देखि ढुवानी सुरु हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ आश्विन २०८२, शनिबार

तपाइको प्रतिक्रिया