यातायात व्यवस्था विभागको ईभीआरएसलयागतका सूचना प्रविधि प्रणाली अर्को सूचना प्रकाशित नहुन्जेलका लागि बन्द रहने

Technology Khabar १० आश्विन २०८२, शुक्रबार

काठमाडौं ।

यातायात व्यवस्था विभागले आफ्ना सूचना प्रविधि प्रणाली अस्थायी रूपमा बन्द रहने जानकारी दिएको छ। विभागले शुक्रबार जारी गरेको सूचनामा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा प्रणाली सञ्चालन गर्ने डाटा सेन्टरमा आगजनी हुँदा हाल मर्मत र सम्भारको कार्य भइरहेको उल्लेख छ।

यसै कारण सवारी चालक अनुमतिपत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस) सम्बन्धी सम्पूर्ण काम अर्को सूचना प्रकाशित नभएसम्म बन्द रहने विभागले जनाएको छ। विभागले यसबारे सम्बन्धित सबैलाई जानकारीमा राख्न अनुरोध गरेको छ।

प्रकाशित: १० आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया