Technology Khabar १० आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालि (जेननेक्स्ट) ले नेपालमा आईफोन १७ सिरिज आधिकारिक रुपमा बजारमा ल्याएको छ।
आईफोन १७ सिरिज अन्तर्गत आईफोन १७, आईफोन एयर, आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स रहेका छन्। विश्व बजारमा अधिकतम रुचाइएको आईफोन सिरिजको नेपालमा बजार मूल्य निम्न अनुसार तोकिएको छ।
यो मूल्य आज २६ सेप्टेम्बर अर्थात् असोज १० गतेबाट लागू हुने कम्पनीले जनाएको छ।
| मोडल | मेमोरी | मूल्य |
| आईफोन १३ | १२८ जीबी | ८०,३९९ |
| आईफोन १४ | १२८ जीबी | ९०, ७९९ |
| आईफोन १५ | १२८ जीबी | १, १२, ७९९ |
| आईफोन १६ | १२८ जीबी | १, ३५, २९९ |
| आईफोन १६ई | १२८ जीबी | १, ०६, ३९९ |
| आईफोन १७ | २५६ जीबी | १, ५२, २९९ |
| आईफोन १७ | ५१२ जीबी | १, ९७, ९९९ |
| आईफोन एयर | २५६ जीबी | २, ००, ९९९ |
| आईफोन एयर | ५१२ जीबी | २, ४०, ४९९ |
| आईफोन एयर | १ टीबी | २, ७९, ९९९ |
| आईफोन १७ प्रो | २५६ जीबी | २, २०, ९९९ |
| आईफोन १७ प्रो | ५१२ जीबी | २, २५, ९९९ |
| आईफोन १७ प्रो | १ टीबी | २, ९९, ९९९ |
| आईफोन १७ म्याक्स | २५६ जीबी | २, ३९, ९९९ |
| आईफोन १७ म्याक्स | ५१२ जीबी | २, ७९, ९९९ |
| आईफोन १७ म्याक्स | १ टीबी | ३, १९, ९९९ |
| आईफोन १७ म्याक्स | २ टीबी | ३, ९७, ९९९ |
अत्याधुनिक प्रविधियुक्त आईफोन १७ सिरिजमा ठूलो र उज्यालो डिस्प्ले, ए१९ चिप्स र सेन्टर स्टेज फ्रन्ट क्यामरा फिचर रहेको छ। आईफोन १७ को मोडलहरुमा परिस्कृत थर्मल व्यवस्थापन र उन्नत ४८ मेगापिक्सेल फ्युजन क्यामरा प्रणाली र अगाडि पछाडि दुवैतिर सेरामिक सिल्ड २ सहित नयाँ डिजाइनमा उपलब्ध छ।
जेनेरेशन नेक्स्टका अनुसार आईफोन १७ सिरिज आजैदेखि खरिद गर्न सकिने छ। आईफोन १७ सिरिजको खरीदमा कम्पनीले दुई पटक स्क्रीन रिप्लेसमेन्ट फ्री, दुई पटक ब्याक ग्लास रिप्लेसमेन्ट फ्री साथै एक वर्षका एक्स्टेन्डेड वारेन्टीको साथमा २० वाटका ओरिजिनल एडप्टर फ्री पाइनेछ ।
यसका साथै पहिलो दस दिनभित्र खरीद गर्ने ग्राहकमध्ये सत्र जनाले एप्पल वाच सिरिज ११ र सय जनाले एयरपड्स ४ लक्की ड्र मार्फत जित्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: १० आश्विन २०८२, शुक्रबार