गुगल फोटोको कन्भर्सेसनल इडिटिङ सुविधा थप एन्ड्रोइड डिभाइसहरूमा रोल आउट हुँदै

  • Technology Khabar | १० आश्विन २०८२, शुक्रबार
गुगल फोटोको कन्भर्सेसनल इडिटिङ सुविधा थप एन्ड्रोइड डिभाइसहरूमा रोल आउट हुँदै

काठमाडौं ।

गुगलको पिक्सेल १० सिरिजले फोटोजमा प्रस्तुत गरेको नयाँ एआई–सञ्चालित कन्भर्सेसनल इडिटिङ टुलले प्रयोगकर्ताहरूलाई आवाज वा टेक्स्ट मार्फत वर्णन गरेर सम्पादन गर्न मद्दत गर्दछ।

यो सुविधा अहिलेसम्म अमेरिकामा पिक्सेल १०, पिक्सेल १० प्रो, १० प्रो एक्सएल र १० प्रो फोल्ड प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध हुँदै आएको थियो।

फोटोजको कन्भर्सेसनल इडिटिङ अब अमेरिकाका सबै योग्य एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि रोल आउट हुने भएको छ। प्रयोगकर्ताहरूले यो सुविधा प्रयोग गर्नको लागि आफ्नो गुगल अकाउण्टको भाषा अंग्रेजी (अमेरिका) मा सेट गर्नुपर्नेछ।

योग्य एन्ड्रोइड प्रयोगकर्ताहरूले फोटोज इडिटरमा नयाँ ‘हेल्प मि इडिटिङ’ बटन देख्न सक्नेछन्। त्यसपछि प्रयोगकर्ताहरूले टेक्स्ट वा भ्वाइस (आवाज) प्रयोग गरेर इडिटिङ (सम्पादन) को लागि वर्णन गर्न सक्नेछन् र जेमिनीले आवश्यक काम गर्ने जनाइएको छ। यो सुविधाले प्रयोगकर्ताहरूलाई पृष्ठभूमि परिवर्तन गर्न, वस्तुहरू थप्न र अन्य थप कुराहरू गर्न सहयोग गर्दछ।

गुगल फोटोजले प्रयोगकर्ताहरूलाई ‘मेक इट बेटर’ जस्ता सुझाव गरिएका इडिटिस् (सम्पादनहरू) पनि प्रदान गर्नेछ। प्रयोगकर्ताहरूले तस्बिरहरू थप सम्पादन गर्न फलो–अप निर्देशनहरू थप्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १० आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार