एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँचजना

  • Technology Khabar | ९ आश्विन २०८२, बिहीबार
एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँचजना

काठमाडौं ।

एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँचजना छनोट भएका छन्।

‘एसियाली साइन्टिष्ट म्यागजिन’ले हालै प्रकाशन गरेको सो सूचीमा काठमाडौँ विश्वविद्यालयका फ्रेनशन प्रधान, फ्रेन्स अफ नेचरका राजु आचार्य, इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिष्टका रिन्जिन फुनजोक लामा, राप्ती इञ्जिनियरिङ कलेजका डा शैलेन्द्र गिरी र नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका टिष्टा प्रसाईं जोशी छनोट भएका छन्।

उत्कृष्ट वैज्ञानिकको सूचीमा छनोट भएपछि रासससँग प्रतिक्रिया दिँदै डा गिरीले देशका लागि थप योगदान गर्न हौसला मिलेको बताए।

सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आएका उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पनि हुन्छन्।

उनले सूचना प्रविधिका क्षेत्रमा निजी र सरकारी क्षेत्रबीच सहकार्य गर्दै यस क्षेत्रको प्राज्ञिक र व्यावहारिक उन्नयनमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ९ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार