नेपाल टेलिकमले रुकुमको त्रिवेणी गाउँपालिकामा पनि सञ्चालनमा ल्यायो फोरजी सेवा

  • Technology Khabar | ९ आश्विन २०८२, बिहीबार
नेपाल टेलिकमले रुकुमको त्रिवेणी गाउँपालिकामा पनि सञ्चालनमा ल्यायो फोरजी सेवा

काठमाडौं ।

कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका–६ मा नेपाल टेलिकमले पहिलो पटक फोरजी/टुजी सेवा सञ्चालन गरेको छ। २०७९ असोज ८ गतेदेखि सेवा औपचारिक रुपमा सुरु गरिएको हो।

नेपाल टेलिकमले सूदूर र दुर्गम क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यसहित फोरजी सेवा उपलब्ध गराएको उप प्रबन्धक डा. मधुसुदन दाहालले जानकारी दिए। यो सेवाबाट मुरु, रुसी, बीचेच, कुरुचे, खुम्चेटी, झिबाङलगायत त्रिवेणी गाउँपालिकाभित्रका बस्तीहरू लाभान्वित हुनेछन्।

स्थानीय बासिन्दाले यसअघि फोरजी सेवाको अनुभव गर्न पाएका थिएनन्। नयाँ प्रविधि भित्रिएसँगै सेवाग्राहीले गुणस्तरीय दूरसञ्चार सुविधा पाउने अपेक्षा गरिएको छ। यसै सन्दर्भमा नेपाल टेलिकमले जिल्लामा नयाँ फोरजी टावर जडान गरी सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।

नेपाल टेलिकमका अनुसार दुर्गम क्षेत्रलाई आधुनिक सूचना प्रविधि र सञ्चार सुविधासँग जोड्ने अभियान निरन्तर अघि बढाइनेछ।

प्रकाशित: ९ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...