
काठमाडौं ।
नेपाल टेलिकमका सिमकार्ड र रिचार्ज कार्ड बिक्रेता डिलरहरुले आजदेखि सिम कार्ड तथा रिचार्ज कार्ड नउठाउने चेतावनीसहित घोषणा गरेपनि उनीहरुले सिम कार्ड तथा रिचार्ज कार्ड खरिद गरेका छन्।
देशैभरीका अधिकांश डिलरहरुले रिचार्ज कार्ड खरिद गरेर लगिरहेका छन्।
उनीहरुमध्ये आज काठमाण्डौ, नेपालगंज, पोखरा र अत्तरिया क्षेत्रबाट रिचार्ज कार्ड नउठाएको नेपाल टेलिकम उच्च स्रोतले जानकारी दिएको छ।
तर वीरगंजमा ६ मध्ये २ डिलरहरु, विराटनगरमा ४ मध्ये २ डिलरहरु, तथा पोखरामा ५ मध्ये २ ओटा डिलरले रिचार्ज उठाएका स्रोतले बताएको छ।
उनीहरुले आफूलाई चाहिने रिचार्ज कार्ड लगेसँगै नेपाल टेलिकम र नयाँ सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलन घोषणा गरेको बताईएको छ।
“यहि तथ्याङ्क देखाएर चाडबाडको बेला व्यापारमा हानी पुग्ने भनेर डिलरले भनेजस्तो गरी टेलिकममा निर्णय गराउने प्रयास हुनसक्ने आशंका छ,” स्रोतले भन्यो।
डिलरहरुले आफ्नो माग बमोजिम नेपाल टेलिकमले भुक्तानी गर्नुपर्ने भन्दै मंगलबार घेराउ समेत गरेका थिए। उनीहरुले नियम विपरित भुक्तानी गराउन माग गर्दै आएका छन् ।
उनीहरुको समर्थनमा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधान र प्रमुख प्राविधिक अधिकृत (सीटीओ) एवं वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक रीना डंगोलले समेत भुक्तानी गर्न प्रादेशिक निर्देशनालयहरुलाई दबाब दिएको खुलासा भएको छ।
सम्बन्धित समाचार-
प्रकाशित: ९ आश्विन २०८२, बिहीबार