अनर एक्स७डी फाइभजी एसडी ६एस जेन ३ र ५० मेगापिक्सेल मुख्य क्यामको साथ डेब्यू

Technology Khabar ९ आश्विन २०८२, बिहीबार

अनर एक्स७डी फाइभजी एसडी ६एस जेन ३ र ५० मेगापिक्सेल मुख्य क्यामको साथ डेब्यू

काठमाडौं ।

गत महिना, अनरले एक्स सिरिजमा किफायती इन्ट्रिको रूपमा आफ्नो एक्स७डी फोरजी घोषणा गरेको थियो र यसै क्रममा अब कम्पनीले यसको फाइभजी समकक्ष ल्याएको छ। अनर एक्स७डीले फोरजी मोडेलको तुलनामा केही साना परिवर्तनहरूसँगै फाइभजी कनेक्टिभिटीको साथ अपग्रेड गरिएको स्न्यापड्रागन ६एस जेन ३ चिपसेट ल्याएको उल्लेख गरिएको छ।

अनर एक्स७डी फाइभजीले पछाडि एफ/१.८ एपर्चर भएको ५० मेगापिक्सेल मुख्य क्याम समावेश गरेको छ। एक्स७डी फोरजीको पछाडि भने १०८ एमपी शूटर राखिएको थियो। साथै फोरजी फोनमा रहेको ८ मेगापिक्सेल मोड्युलको सट्टा एक्स७डी फाइभजीमा कम रिजोल्युसनको ५ मेगापिक्सेलको सेल्फी शूटर समावेश गरिएको छ।

दुई डिभाइस बीचको बाँकी अन्य स्पेसिफिकेशनहरू भने समान रहेका छन्। अनर एक्स७डी फाइभजीमा ६.७७–इन्च टिएफटी एलसीडी(एचडी+ १२०हर्ज) रहेको छ। डिभाइसमा ३५ वाट वायर्ड चार्जिङको साथ ६,५०० एमएएच ब्याट्रीको साथ ७.५वाट रिभर्स वायर्ड चार्जिङ पनि समावेश रहेको छ। एक्स७डीले अनरको म्याजिक ओएस ९ माथि एन्ड्रोइड १५ पनि बुट गर्दछ र एउटै ६/१२८जीबी ट्रिममा आउने बताइएको छ।

भेलभेट ब्ल्याक र डेजर्ट गोल्ड रङ्गहरूमा उपलब्ध हुने यो फोन मलेसियामा ६९९ मलेशियन रिङ्गिट (१६६ अमेरिकी डलर) मूल्य कायम गरिएको छ। अनरले आगामी हप्ताहरूमा थप क्षेत्रहरूमा एक्स७डी फाइभजीको उपलब्धता विस्तार गर्ने सम्भावना रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ९ आश्विन २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया