Technology Khabar ९ आश्विन २०८२, बिहीबार
काठमाडौं ।
बेलायतको सबैभन्दा ठूलो कार निर्माता जगुआर ल्याण्ड रोभर (जेएलआर) ले अगस्ट ३१ मा भएको साइबर आक्रमणपछि कम्पनीको स्स्टिमा पर्न गएको प्रभावका कारणा बन्द गरेको उत्पादन अवधि अब अक्टोबर १ सम्मको लागि लम्ब्याएको छ।
कम्पनीले ठूलो नोक्सान बेहोरेको र संकटले आपूर्ति शृङ्खलामा हजारौं रोजगारी जोखिममा पारेको बताइएको छ।
बेलायतमा लगभग ३३,००० मानिसहरू जेएलआरमा प्रत्यक्ष रूपमा काम गर्दछन् भने २००,००० भन्दा बढी मानिसहरू सोलिहल र हेलवुडमा रहेका कारखानाहरूको आपूर्तिमा निर्भर रहेका छन्।
त्यसैगरी चीन, स्लोभाकिया, भारत र ब्राजिलका कारखानाहरूले पनि काम बन्द गरेका छन् जसले विश्वव्यापी प्रभावलाई गहिरो बनाएको छ।
युनियनहरूले निलम्बनबाट प्रभावित कामदारहरू र साना कम्पनीहरूलाई जोगाउन सरकारी हस्तक्षेपको माग गरिरहेका छन्।
जेएलआरले उत्पादन सुरक्षित रूपमा पुनः सुरु गर्न साइबर सुरक्षा विशेषज्ञहरू र अधिकारीहरूसँग काम गरिरहेको बताएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ९ आश्विन २०८२, बिहीबार