भदौमा १ अर्ब २८ करोड हाराहारीको वि्दयुतीय सवारी आयात: कुन वर्गका कति आए?

  • Technology Khabar | ९ आश्विन २०८२, बिहीबार
भदौमा १ अर्ब २८ करोड हाराहारीको वि्दयुतीय सवारी आयात: कुन वर्गका कति आए?
बिङ एआई क्रियटरमार्फत् सिर्जना गरिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौ मसान्तसम्ममा नेपालमा १ अर्ब २८ करोड रुपैयाँ हाराहारीको ४८६ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौमा नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य १ अर्ब २७ करोड ८४ लाख २९ हजार रुपैयाँ रहेको छ।

उक्त परिमाणको विद्युतीय सवारी आयातबाट सरकारले ८० करोड ६७ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत, द. कोरिया, थाइल्याण्ड र अमेरिका गरी विश्वका ५ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म१०१, २२, २६, ०००
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म६३१०, ४५, १६, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म२०२६२, २३, ९०, ०००
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म१४२ १९, ७०, ८६, ०००
कार, जीप र भ्यानथाइल्याण्ड५१ देखि १०० किलोवाटसम्म३४५, ९२, ६२, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म२८१०, ०४, ८९, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानभारत१०१ देखि २०० किलोवाटसम्म ७४, ७८, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानद. कोरिया१०१ देखि २०० किलोवाटसम्म१, ५७, २५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानसं. रा.  अमेरिका१०१ देखि २०० किलोवाटसम्म ८५, ६३, ०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानसं. रा. अमेरिका ३०० किलोवाटदेखि माथि४८, ४९, ०००

प्रकाशित: ९ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...