“नेपो बेबी” ट्रेन्ड पछि अब टिकटकमा “एक्सपोज झोले” ट्रेन्ड

Technology Khabar ८ आश्विन २०८२, बुधबार

“नेपो बेबी” ट्रेन्ड पछि अब टिकटकमा “एक्सपोज झोले” ट्रेन्ड
काडमाडौंमा जेनजीको प्रदर्शन । टेक्नोलोजीखबर।

काठमाडौं ।

टिकटक लगायत सामाजिक सञ्जालमा अहिले झोले ट्रेन्ड सबैभन्दा चर्चित ट्रेन्ड बनेको छ। टिकटकमा चर्चित भएको एक्सपोज झोले ट्रेन्डमा नेताहरुका कार्यकर्ता, अगुवा, तथा ठूला नेताहरुसँग फोटो खिचाएका वा उनीहरुबाट सम्मान पाएका र नेताहरुको गुणगान गाउने व्यक्तिहरुको तस्बिरहरु जोडेर भिडियो बनाइने गरिएको देखिन्छ।

“नेपो बेबी” ट्रेन्डको साथ नेपालमा ठूलो राजनीतिक बहस र सत्ता परिवर्तन गराएको जेनजी समुहले अब एक्सपोज झोले ट्रेन्ड नामक नयाँ ट्रेन्ड सुरु गरेका हुन्।

यस अघिको नेपो बेबी ट्रेन्ड अन्तर्गत नेताका छोरा–छोरीको रहन–सहन, लाइफ स्टाइल र यस आराम देखाएर आलोचना गरिएको थियो भने अहिले सूरु भएको एक्सपोज झोले ट्रेन्डमा नेताको नजिक भएको प्रमाणको रुपमा फोटो तथा भिडियोहरु प्रयोग भइरहेका छन्।

उनीहरुले ‘जेनजी’ आन्दोलनपछि पार्टीका नेता तथा कार्यकर्ताहरुसँग देखिएका तस्बिरहरु पोष्ट गर्दै ‘एक्स्पोज झोले’ अभियान चलाएका हुन्। अरु काम छाडेर नेताको पछि मात्र हिँड्ने कार्यकर्तालाई ‘झोले’ भन्दै उनीहरुले लेट्स एक्सपोज झोले पोष्ट गरेका छन्। टिकटकमा अहिले ‘#ExposeJhole’ ह्यासट्यागअन्तर्गत उक्त भिडियोहरु राखिएको देखिन्छ।

यो नयाँ ट्रेन्ड छोटो समयमा नै भाइरल भइरहेको यस “एक्सपोज झोले” ट्रेन्डले नेपालमा राजनीतिक व्यङ्ग्य र सामाजिक बहसलाई तातो बनाएको छ।

प्रकाशित: ८ आश्विन २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार