Technology Khabar ८ आश्विन २०८२, बुधबार
काठमाडौं ।
गुगलले अब आफ्नो स्मार्ट टिभी प्लेटफर्ममा जेमिनी आउँदैछ भनेर घोषणा गरेको छ। गुगल टिभीमा, जेमिनीले गुगल एसिस्टेन्टलाई प्रतिस्थापन गर्नेछ र नयाँ एआई सुविधाहरूको रेञ्ज प्रस्तुत गर्नेछ।
गुगल टिभीमा जेमिनीको साथ, प्रयोगकर्ताहरूले आफ्नो टिभीसँग च्याट गरेर इन्स्ट्याण्ट भ्यूइङ रिकमेन्डेसन प्राप्त गर्न, समरिज (सारांशहरू) देखाउन वा यात्रा योजना बनाउनको लागि मद्दत पनि प्राप्त गर्न सक्नेछन्। साथै नाम सम्झन नसकेको अवस्थामा वर्णन गरेर कार्यक्रमहरू फेला पार्न सकिने छ।
यसले शो रिभ्यूज (समीक्षाहरू) प्रदान गर्न, अघिल्ला सिजनहरूको रिक्याप गर्न र दैनिक कार्यहरूमा सहयोग गर्न सक्नेछ। उदाहरणका लागि, यसलाई कुनै वाद्ययन्त्र सिकाउन, केही नयाँ पकाउन अनुरोध गर्न सकिने र यसले चरणबद्ध रुपमा सिकाउने/गाइड गर्न सान्दर्भिक युट्युब भिडियोहरू सतहमा ल्याउनेछ।
जेमिनीले गुगल एसिस्टेन्टले जस्तै काम गर्नेछ र यसलाई “हे गुगल” भनेर वा टिभी रिमोटमा माइक्रोफोन बटन थिचेर बोलाउन सकिने छ।
सर्च जायन्टले गुगल टिभीमा जेमिनी हाल टीसीएल क्यूएम९के सिरिजमा मात्र उपलब्ध भएको बताएको छ। यो यस वर्षको अन्त्यतिर गुगल टिभी स्ट्रिमर, २०२५ हाइसेन्स यू७, यू८, र यूएक्स रेञ्जका स्मार्ट टिभीहरू, वालमार्ट अन फोरके प्रो र २०२५ टीसीएल क्यूएम७के, क्यूएम८के र एक्स११के मोडेलहरू सहित थप टिभी र डिभाइसहरूमा रोल आउट हुनेछ। यस बाहेक थप जेमिनी सुविधाहरू पनि आगामी मितिमा घोषणा गरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ८ आश्विन २०८२, बुधबार