ओप्पो ए६ प्रो फोरजी सार्वजनिक, हिलियो जी१०० र ७ हजार एमएएच ब्याट्री समावेश

Technology Khabar ८ आश्विन २०८२, बुधबार

ओप्पो ए६ प्रो फोरजी सार्वजनिक, हिलियो जी१०० र ७  हजार एमएएच ब्याट्री समावेश

काठमाडौं ।

ओप्पोले ए६ सिरिजतर्फ ओप्पो ए६ प्रो फाइभजी, ए६ जीटी र ए६आई (फाइभजी सहितको) गरी धेरै मोडेलहरूको घोषणा गरेको छ। त्यसैगरी कम्पनीले भियतनाममा देखा परेको एउटा फोरजी मोडेल ओप्पो ए६ प्रो लन्च गरेको छ।

यो नयाँ डिभाइस ओप्पो ए५ फोरजीको उत्तराधिकारी भएको बताइएको छ जुन क्षेत्र अनुसार ए५आई प्रो र ए५एमको रूपमा पनि चिनिने गरेको थियो। साथै अघिल्लो मोडेल जस्तै, नयाँ ए६ प्रो एक प्रमुख अपग्रेड जस्तो मात्र देखिएको रिपोर्ट गरिएको छ।

यो नयाँ फोनमा हेलियो जी१०० समावेश गरिएको छ जुन मिडियाटेकको पछिल्लो (अन्तिम?) फोरजी चिपसेट हो। साथै यस डिभाइसमा ८जीबी एलपीडीडीआर४एक्स र्याम र २५६जीबी यूएफएस २.२ स्टोरेज रहेको बताइएको छ। चिपसेटलाई चिसो राख्न मद्दत गर्नको लागि भेपर चेम्बर पनि रहेको बताइएको छ।

ओप्पो ए६ प्रो फोरजीको मूल्य ३१५ अमेरिकी डलर कायम गरिएको हुनाले यो एन्ट्री–लेभल फोन नभएको बताइएको छ। ओप्पो ए६ प्रो फोरजी पनि रेनो१४ एफ (स्न्यापड्रागन ६ जेन १ द्वारा संचालित फाइभजी फोन) रेञ्जको जस्तै भएको र रेनो१४ एफको एउटै स्टोरमा ३८९.९६ अमेरिकी डलर मूल्य रहेको बताइएको छ।

ए६ प्रो फोरजीमा १०८०पी+ रिजोल्युसन भएको ६.५७ इन्चको ओएलईडी डिस्प्ले रहेको छ जुन ए५ फोरजीमा ७२०पी+ रिजोल्युसन भएको ६.६७ इन्चको ९० हर्ज आईपीएस एलसीडी भन्दा ठूलो अपग्रेड हो। त्यसैगरी उक्त प्यानल उज्यालो पनि भएको र अधिकतम १,४०० निट्स पुग्ने (१,००० निट्सबाट माथि) बताइएको छ। यो ए६ प्रो फाइभजी जस्तै स्क्रिन भएको थप उल्लेख गरिएको छ।

ए६ प्रो फोरजीमा ८० वाटको फास्ट चार्जिङ समर्थन गर्ने ७,००० एमएएच ब्याट्री समावेश गरिएको छ। यी तथ्याङ्कहरू फाइभजी मोडेलको जस्तै भएको र अघिल्लो फोरजी फोनले भने केवल ४५ वाट चार्जिङलाई समर्थन गर्ने रिपोर्ट गरिएको छ। डिभाइसको पछाडि भने फाइभजी मोडेलको तुलनामा धेरै फरक डिजाइन देख्न सकिने बताइएको छ।

ए६ प्रो फोरजीमा एउटा ५० मेगापिक्सेलको क्यामरा र अर्को २ मेगापिक्सेलको डेफ्थ सेन्सर समावेश गरिएको छ। उक्त ५० मेगापिक्सेल क्यामराले ६० एफपीएसमा १०८०पी भिडियो रेकर्ड गर्न सक्ने उल्लेख गरिएको छ। सेल्फी क्यामरामा १६ मेगापिक्सेलको सेन्सर रहेको र यसले ३० एफपीएसमा १०८०पी भिडियो रेकर्ड गर्न सक्ने रिपोर्ट गरिएको छ।

ओप्पो ए६ प्रो फोरजी एकदमै बलियो भएको र डिभाइसलाई आईपीएक्स६ (३ मिनेटको लागि उच्च–दबावको वाटर जेटहरू थेग्न सक्ने), आईपीएक्स८ (३० मिनेटको लागि १.५ मिटर पानीमा डुब्ने) र आईपीएक्स९ (८० डिग्री सेल्सियस वाटर जेटहरू प्रतिरोध) का साथै आईपी६एक्स डस्ट–टाइट मूल्याङ्कन दिइएको छ।

डिभाइसको उल्लेखनीय अन्य स्पेक्सहरूमा ३०० प्रतिशत भोल्युम मोड भएका स्टेरियो स्पिकरहरू, ३६० डिग्री एनएफसी एन्टेना, डिस्प्लेको लागि आउटडोर भिजिबिलिटी मोड र आईफोनको एयरड्रपसँग उपयुक्त हुने सयरिङ प्रणाली रेहेका छन्।

ओप्पो ए६ प्रो फोरजी लुनार टाइटेनियम, स्टेलर ब्लू, कोरल पिङ्क र रोजवुड रेड रङहरुमा आउने बताइएको छ। यद्यपि, लुनार टाइटेनियम, स्टेलर ब्लू, कोरल पिङ्क मात्र एफपीटीसपमा उपलब्ध हुनेछन्। साथै डिभाइस्को ८÷२५६जीबीको एउटा मात्र कन्फिगरेसन उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ८ आश्विन २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार