पर्प्लेक्सिटीले ल्यायो इमेल असिस्टेन्ट नामक नयाँ सुविधा

Technology Khabar ८ आश्विन २०८२, बुधबार

पर्प्लेक्सिटीले ल्यायो इमेल असिस्टेन्ट नामक नयाँ सुविधा

काठमाडौं ।

पर्प्लेक्सिटीले इमेल असिस्टेन्ट नामक नयाँ सुविधा सुरु गरेको छ। यसमार्फत प्रयोगकर्ताले एआई च्याटबोटलाई बैठक तय गर्ने, इमेल व्यवस्थित गर्ने, प्राथमिकता दिने र जवाफ तयार गर्ने जस्ता आधारभूत इमेल कार्य गर्न निर्देशन दिन सक्नेछन्। सुरुमा यो सुविधा जीमेल र आउटलूकमा मात्र उपलब्ध हुनेछ।

इमेल असिस्टेन्ट कम्पनीको महँगो म्याक्स योजनामा मात्र उपलब्ध छ, जसको मासिक शुल्क २०० डलर पर्छ। यो प्रिमियम सदस्यता योजना जुलाईमा थपिएको थियो। म्याक्स प्रयोगकर्ताले सुविधा सक्रिय गरेपछि पर्प्लेक्सिटीको असिस्टेन्ट इमेल ठेगानामा मेल लेखेर यसको सेवा लिन सक्ने इन्ग्याजेटले उल्लेख गरेको छ।

कम्पनीले एआई असिस्टेन्टले प्रयोगकर्ताको इमेललाई प्रशिक्षणका लागि प्रयोग नगर्ने तर जवाफ तयार गर्दा प्रयोगकर्ताको लेखन शैलीलाई भने अपनाउने जनाएको छ। यो सुविधा आजदेखि उपलब्ध भएको छ।

प्रकाशित: ८ आश्विन २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार