क्रोमले फोनमा पेजहरूलाई पडकास्टमा परिणत गर्ने

Technology Khabar ८ आश्विन २०८२, बुधबार

क्रोमले फोनमा पेजहरूलाई पडकास्टमा परिणत गर्ने

काठमाडौं ।

गुगलले आफ्ना धेरैजसो एपहरूमा एआईलाई बिस्तारै समावेश गर्दै गइरहेको छ।

यसै क्रममा गुगलले हालै जेमिनीलाई ट्रान्सलेट एपमा समावेश गरेको छ जसले प्रयोगकर्ताहरूलाई कुनै पनि भाषालाई स्क्र्याच (सुरुदेखि) सिक्न अनुमति दिनेछ। र अब कम्पनीले एन्ड्रोइड क्रोमको लागि नयाँ एआई सुविधा प्रस्तुत गरेको छ जसले पोडकास्ट जस्तै कुनै पनि वेब पेज पढ्न सक्ने रिपोर्ट गरिएको छ।

क्रोम फर एन्ड्रोइडले चाँडै नै पोडकास्ट जस्तै वेब पेजहरूलाई अडियो ढाँचामा रूपान्तरण गर्न सक्षम हुनेछ भन्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

नोटबुकएलएममा “अडियो प्रिभ्यू” नामक सुविधा उपलबध भएको बताइएको छ। यसले कुनै पनि कागजात वा पुस्तकलाई पोडकास्ट–शैलीको अडियो प्रिभ्यूमा परिणत गर्न एआई प्रयोग गर्दछ।

वेब ब्राउजरले यस अघि देखि नै ठूलो स्वरमा वेब पेजहरू पढ्न सक्ने सुविधालाई समर्थन गर्दै आइरहेको छ र अब नयाँ अपडेटको साथ, यसले कुनै पनि मनपर्ने वेब पेजको लागि पोडकास्ट–जस्तो अडियो प्रिभ्यू पनि उत्पन्न गर्न सक्षम हुने भएको छ।

अडियो प्रिभ्यू सुविधा वेब पेजहरूको आधारभूत अडियो रिडिङ (पठन) मात्र नभएको बताइएको छ। यो सक्षम हुँदा, एआईले वेब पेजहरू र तिनीहरूको कन्टेन्ट (सामग्री) को विश्लेषण गर्नुका साथै त्यसपछि पोडकास्ट–शैली अडियो प्रिभ्यू उत्पन्न गर्ने रिपोर्ट गरिएको छ।

त्यसैगरी प्रयोगकर्ताहरूले कुनै पनि वेब पेजलाई अन्तरक्रियात्मक अडियो सत्रमा परिणत गर्न सक्नेछन्, जहाँ तिनीहरूले दुई एआई प्रस्तुतकर्ताहरूले कन्टेन्ट (सामग्री) लाई सरल तरिकाले विस्तृत रूपमा व्याख्या गरेको सुन्न सक्नेछन्।

यो सुविधा एकदमै सरल तवरमा पहुँच गर्न सकिने छ। क्रोम फर एन्ड्रोइडमा एउटा वेब पेज खोलेर त्यसपछि तीनवटा थोप्लाहरूमा क्लिक गर्नु पर्नेछ र “लिसन टु दिस पेज” लाई सेलेक्ट (चयन) गरेपछि त्यहाँ “अडियो ओभरभ्यू” विकल्प देख्न सकिने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ८ आश्विन २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया