गोल्छा ग्रुपले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दियो २० थान मोटरसाइकल

Technology Khabar ७ आश्विन २०८२, मंगलवार

गोल्छा ग्रुपले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दियो २० थान मोटरसाइकल

काठमाडौं ।

गोल्छा ग्रुपले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ।

स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्यनजर गर्दै गोल्छा ग्रुपले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच २० थान (पल्सर १५० सिसी) मोटरसाइकल प्रदान गरेको ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, “गोल्छा ग्रुपले मोटरसाइकलहरू काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीमार्फत हामीलाई हस्तान्तरण गरिएको छ।”

बजाज मोटरसाइकल हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “अहिलेको समय हाम्रो व्यवसायमा के भएको छ, हाम्रो घरमा के भएको छ त्यो हेर्ने होइन, राज्य बाँच्ने हो भने मात्र हामी बाँच्छौं। राज्यविहीनताको अवस्थामा कोही पनि सुरक्षित हुन सक्दैन।”

राज्यलाई थप बलियो बनाउन सबै एकजुट हुनैपर्ने उनको भनाइ छ। “अहिलेको समय प्रसव पीडाजस्तै हो, यो परिवर्तनले नयाँ पुस्ताले देखेको सपना साँच्चिकै पूरा हुने विश्वास लिएको छु,” उनले भने।

सबैका लागि कठिन समय भएको बताउँदै अध्यक्ष गोल्छाले अहिले निराश हुनुपर्ने छुट कसैलाई नभएको धारणा राखे। देशको विषम परिस्थितिमा आ-आफ्नो ठाउँबाट सहयोग गर्दा मात्र समस्या समाधान हुनसक्ने विश्वास व्यक्त गरेका थिए।

“हाम्रो सडक सुरक्षा, हाम्रै दायित्व : सहकार्य गोल्छा ग्रुपको ट्राफिक प्रहरीसँग” भन्ने मूल मर्मलाई आत्मसात गर्दै विपद्का बेला गोल्छा ग्रुपले आवश्यक सहयोग प्रदान गर्दै आइरहेको छ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक कार्यालय मातहतका भवन र मोटरसाइकलहरुमा समेत क्षति पुगेको थियो।

प्रकाशित: ७ आश्विन २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार

Samsung Plaza opens 14th new outlet at Bhaisepati

  • Technology Khabar
  • ८ आश्विन २०८२, बुधबार