Technology Khabar ७ आश्विन २०८२, मंगलवार
काठमाडौं ।
एनसेल आजियाटाले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई लक्षित गर्दै नयाँ अनलिमिटेड टुरिस्ट ईसिम योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत प्रयोगकर्ताले नेपालभरि अनलिमिटेड डाटा र भ्वाइस कल सुविधा पाउनेछन्।
यो योजना ४.३ अमेरिकी डलर (रु.५९५) बाट सुरु हुन्छ, जसलाई स्प्रिन्टर प्याकेजअन्तर्गत ७ दिनका लागि प्रयोग गर्न सकिन्छ। यसैगरी एक्सप्लोरर प्याकेजको मूल्य ७.२ डलर (रु.९९५) तोकिएको छ जसको अवधि १४ दिन रहनेछ। दीर्घकालीन प्रयोगका लागि भोयजर प्लान उपलब्ध छ जसको मूल्य १४.४ डलर (रु.१९९५) राखिएको छ र यसलाई २८ दिनसम्म प्रयोग गर्न सकिनेछ।
एनसेलका अनुसार स्प्रिन्टर प्याकेजमा १० जीबी र एक्सप्लोरर प्याकेजमा २५ जीबी उच्च–गति इन्टरनेट उपलब्ध हुनेछ। सो भन्दा बढी प्रयोग गरेपछि गति घट्नेछ। तर भोयजर प्लान भने पूर्णतया अनलिमिटेड रहनेछ।
कम्पनीले यो योजना पर्यटकहरूलाई नेपालमा सहज र किफायती रूपमा जडानमा रहन मद्दत गर्ने उद्देश्यले ल्याएको जनाएको छ। यो योजनाले नेपाल भ्रमण गर्ने पर्यटकको अनुभव अझ सहज र आधुनिक डिजिटल सेवासँग जोड्ने एनसेलले विश्वास व्यक्त गरेको छ।
प्रकाशित: ७ आश्विन २०८२, मंगलवार