यस्तो छ आईफोन १७ प्रोको टियरडाउन भिडियो

Technology Khabar ७ आश्विन २०८२, मंगलवार

यस्तो छ आईफोन १७ प्रोको टियरडाउन भिडियो

काठमाडौं ।

एप्पलको आईफोन एयर, आईफोन १७, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स शनिबारदेखि उपलब्ध भएका छन्। यसै क्रममा आईफोन १७ प्रोको पहिलो टियरडाउन भिडियो सार्वजनिक भएको छ।

भिडियो सामान्य डिसेम्ब्ली (हटाउने/छुट्याउने) प्रक्रियाबाट सुरु हुन्छ। साथै भिडियोले आफ्नो आईफोन स्व–मर्मत गर्न चाहनेका लागि कुनै पनि क्षतिको जोखिम बिना कसरी डिभाइसलाई डिसेम्बल गर्न सकिन्छ भनेर देखाउँछ। भिडियोको सुरुमा स्क्रिन हटाएपछि पछाडि ब्याट्री जोडिएको सिल्ड प्लेट पनि हटाइएको देख्न सकिन्छ।

डिभाइसको मदरबोर्डमा धेरै कनेक्टरहरू जोडिएको हुनाले हटाउने कार्य निकै सावधानीपूर्वक गर्नुपर्नेछ। यस फोनको पछाडि रहेको सबै क्यामराहरू समात्ने मोड्युल यसको पूर्ववर्तीको तुलनामा उल्लेखनीय रूपमा ठूलो छ। साथै अगाडिको क्यामरा एरेमा पनि ठूला सेन्सरहरू रहेका छन्। यद्यपि मदरबोर्ड भने आफैंमा सानो भएको र कम्पोनेन्टहरू कडा रूपमा प्याक गरिएको छ।

समग्रमा, एप्पलले विगतका आईफोनहरूको तुलनामा आईफोन १७ प्रो भित्र धेरै स्क्रूहरू प्रयोग गरेको र अब ग्लुलाई भन्दा तिनीहरूलाई बढी प्राथमिकता दिएको देख्न सकिने छ जसले सामान्यतया मर्मत गर्न सजिलो बनाउँछ। त्यसैगरी ब्याट्रीमा पनि अब सजिलैसँग हटाउन सकिने प्रणाली रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

आईफोन १७ प्रोको पहिलो टियरडाउन भिडियोमा डिभाइसको भित्री भाग हेर्न सकिन्छः

प्रकाशित: ७ आश्विन २०८२, मंगलवार

Sajilo Visa
तपाइको प्रतिक्रिया